छिनेको कम्मर अर्थात् बारुलाको जस्तो कम्मर बनाएर सेक्सी देखिने सपना सबै युवतीहरुको हुन्छ । तर उनका लागि बारुले कम्मर सपना मात्र होइन यथार्थ भएको छ र नशा समेत । २७ वर्षकी अमेरिकी मोडेल केली ली डिकेको कम्मर साँच्चीकै बारुले छ । उनको कम्मर केवल १६ इन्चको छ । उनको कम्मर आफै छिनेको होइन, त्यसका लागि उनले ७ वर्षदेखि तपस्या गर्दै आएकी छिन्, अर्थात् कम्मरमा स्टिलसहितको कसिलो कोरसेट लगाएर कम्मर कसिरहेकी छिन् । नाटकका पात्रको कम्मरबाट प्रभावित भएर उनमा आफ्नो कम्मरलाई बारुले बनाउने भुत चढेको रहेछ । आफुले आफ्नो कम्मरलाई यसरी छिनाउन सफल भएपछि आफुबाट बाल्यकालदेखिको लज्जा हराएर गएको उनको भनाइ छ । उनी सानो छँदा निकै लजाउँथिन् रे । कम्मरमा स्टिलको काप्रो बाँधेर बारुले कम्मर बनाइरहेकी केलीले सोही काप्रो बाँधेर हिँडडुल तथा खेलकुद समेत गर्छिन् । आफ्नो यस्तो रुचीका कारण देख्नेहरु हैरान भएका तथा आफ्नो आलोचना समेत गर्ने गरेको कुरा उनलाई थाहा छ । उनी उनी अझैपनि कम्मरको त्यो काप्रो फुकाल्ने सोँचमा छैनन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment