असोज २० –जाजरकोटको दुर्गम गाउँमा बिजुली बलेपछि स्थानीय खुसी भएका छन् । खगेनकोट–७ स्थित दोखुखोला लद्युजलविद्युत् सञ्चालनमा आएपछि १ सय ५० घरधुरी लाभान्वित भएको अध्यक्ष तिलक खत्रीले जानकारी दिनुभयो । वैकल्पिक ऊर्जा, आस्था नेपाल, गरिबी निवारण कोषको २८ लाख र स्थानीयको १२ लाखबराबरको श्रमदानमा विद्युत् सञ्चालनमा आएको हो । दोखुखोलाबाट १२ किलोवाट विद्युत् उत्पादन भएपछि खगेनकोट–७ का स्थानीय विद्युत् सेवा लिन पाएका छन् । वडा नं ६ मा लाइन विस्तार गर्ने योजना भए पनि आर्थिक अभावका कारण लाइन विस्तार गर्न नसकेको अध्यक्ष खत्रीले बताउनुभयो । वर्षाैंैदेखि सल्लीको दियालो बाल्दै आएका स्थानीय विद्युत् सञ्चालनपछि धुवाँबाट मुक्ति पाएको बताएका छन् ।

Post a Comment

 
Top