असोज २० –आज विश्व बसोवास दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग र विभाग अन्तर्गतका डिभिजन कार्यालयहरुको आयोजनामा विभिन्न कार्यक्रम आयोजना गरि मनाउने गरिएको छ । सन् १९८५ देखि मनाउन सुरु गरिएको विश्व बसोवास दिवस नेपालमा भने सन् २००४ बाट मनाउन थालिएको हो । सुरक्षित आवासको लागि संर्घष गरिरहेका विश्वका धेरै परिवारलाई यो दिवसले आवासका बारेमा जागरुक बनाउन मद्धत पु¥याउने विश्वास गरिन्छ । हरेक वर्ष अक्टोवर महिनाको पहिलो सोमबार यो दिवस मनाउने गरिन्छ ।

Post a Comment

 
Top