असोज २० –सरकारले गत आर्थिक वर्षमा १० अर्ब २९ करोड रुपैयाँ बराबरका विभिन्न किसिमका वचतपत्र निष्काशन गरेको छ । गत आर्थिक वर्ष २०७०÷०७१ मा सरकारले दुई पटक गरि ९ अर्ब रुपैयाँ विकास ऋणपत्र जारी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै पाँच वर्षका लागि ३ अर्ब र ७ वर्षका लागि ६ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरिएको छ । त्यसैगरी ५ वर्षका लागि ९० करोड ६५ लाख रुपैयाँको राष्ट्रिय बचतपत्र र ७ वर्षका लागि ७ करोड ६४ लाख रुपैयाँको बैदेशिक रोजगार बचतपत्र निष्कशन गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
बैंकले यी विभिन्न ऋण तथा वचतपत्रहरुमा साढे आठ देखि साढे ९ प्रतिशतसम्म व्याज प्रदान गर्नेछ । बैंक तथा वित्तीय संस्थाहरुले न्यून व्याज दिइरहेको अवस्थामा बचतपत्रको लगानी सुरक्षित मात्रै नभई राम्रो प्रतिफलको ग्यारेन्टीसमेत भएको जनाईएको छ ।
सरकारले नागरिकसँग आन्तरिक ऋण उठाएर विभिन्न विकास निर्माणमा खर्च गर्ने जना पनि सो अनुसार खर्च हुन भने सकेको छैन । स्रोत परिचालनका लागि सरकारले सर्वसाधारणसँग वचत तथा ऋणपत्र जारी गरि रकम उठाउने गर्छ ।

Post a Comment