असोज २० –मस्लिम समुदायले आज “बकर इद” पर्व उत्साह र उमङ्गका साथ मनाउँदैछन् । मुस्लिम समुदायको दोस्रो ठूलो पर्व मानिने बकर इदलाई जनावरलाई वली दिएर मनाउने पर्वकोे रूपमा लिईन्छ । बकर इद आजदेखि तिन दिन सम्म मनाइन्छ । इब्राहिमले ईश्वरको आदेशानुसार आफ्नो छोरालाई बली दिन तयार भएकाले ईश्वरले छोराका सट्टा जनावरको बली दिनु चौपायको कुवार्नी दिने चलन चलेको विश्वास छ । यसदिन बिहान मुस्लिम समुदाय स्नान गरी राम्रो सफा लुगा लगाइ इदगार वा मस्जिदमा गइ सामूहिक नमाज पाठ गरी सकेपछि इद मुबारक भन्दै एकापसमा शुभकामना आदानप्रदान गर्दछन् । बकर इदमा नमाज पढेपछि कुर्बानी अर्थात बलि दिने परम्परा छ ।
ईदमा खसी, बोका, बाख्रा, राँगा, भैंसी, भेंडा, उँट, लगायतका पशुचौपायको कुर्बानी दिने गरिएको छ । कुर्वानी दिएको जनावरको मासुलाई तीन लगाई एक भाग परिवारलाई, अर्को भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब दीन दुःखी र विपन्नलाई दिने गरिन्छ । यसैबिच बकर इदको अवसरमा सरकारले आज सार्वजानिक विदा पनि दिएको छ ।  इदको अवसरमा प्रधानमन्त्री सुशील कोइराला र विभन्न राजनीतिक दलका नेताहरुले शुभकामना ब्यक्त गर्नुभएको छ । शुभमाकना शन्देसमा प्रधानमन्त्री कोइरालाले हरेक नेपालीमा निहित सहिष्णुता, सहनशीलता र मिलनसारिताले एकापसमा सौहार्द सम्बन्ध विकसित गरेको र यसले नेपालको राष्ट्रियतालाई सबल बनाएको उल्लेख गर्नुभएको छ । यस्तै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रेम र सद्भाव आदानप्रदान गर्ने मुस्लिम समुदायको चाड बकर इदले खुसी र सद्भाव ल्याओस् भन्ने कामना व्यक्त गर्नुभएको छ । ईस्लामीक समुदायको अधिकार र पहिचान संस्थागत गर्न आफ्नो पार्टी निरन्तर क्रियाशील रहने प्रतिबद्धता समेत प्रचण्डले शुभकामना शन्देसमा जनाउनुभएको छ ।

Post a Comment

 
Top