असोज २० –एमाओवादीसहितका २४ दलले सहमतिका आधारमा संविधान निर्माण नहुने आशंका बढेपछि आन्दोलन गर्ने तयारी गरेका छन् ।  हिजो संविधानसभा भित्र र बाहिर रहेका दलहरुको बैठक पछि उनीहरुले संविधान लेखनमा रहेका विवादित बिषयलाई सहमतिकै आधारमा मिलाउनुपर्ने माग गरेका थिए  । आज ती दलहरुले पुनः आन्दोलनका कार्यक्रमहरु तय गरी पत्रकार सम्मेलन मार्फत आन्दोलन घोषणा गर्ने तयारी गरेका छन् । एकीकृत माओवादी संसदीय दलको कार्यलय सिंहदवारमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गरि आन्दोलन घोषणा गर्ने कार्यक्रम छ । दलहरुले बहुमतका आधारमा संविधान निर्माणको प्रक्रियामा गए संविधानसभा र सडक दुबैबाट संघर्ष गर्ने चेतावनी दिएका २४ दलको दिउसो १ बजे सिंहदरबारमा बैठक बस्दैछ ।

Post a Comment

 
Top