असोज २० –संविधानका विवादित विषयमा सहमति जुटाउन आज पनि दलहरु बिहानैदेखि छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो प्रमुख तीन दल ६ घन्टा सम्म बैठकमा बसेपनि कुनै सहमति नजुटेपछि आज थप छलफल हुन लागेको हो । संविधान निर्माणका लागि विवादित विषयमा सहमति कायम गर्न दलहरु आ–आफ्ना अडानबाट पछि नहटेपछि विवाद समाधान हुन सकेको छैन । यसैबिच अहिले प्रमुख दलका शिर्ष नेता सहित संवैधानिक राजनीतिक सम्बाद तथा सहमति समितीको बैठक पनि बसिरहेको छ । समितीको कार्यलयको सिहंदरवारमा जारी बैठकमा सहमित प्रयासमा छलफल भइरहेको नेताहरुले बताएका छन् । प्रमुख दलहरुको आज पनि द्विपक्षीय र बहुपक्षीय बैठक हुने बताइएको छ । राज्यको पुनःसंरचना, सङ्घीय ढाँचा र शासकीय स्वरूपका विषयमा केन्द्रित रहेर छलफल गर्दै आएपनि पाँच वर्षदेखिकै अवस्था र अडानमा दलहरु कामय रहेको नेताहरु स्वयमले बताएका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment