असोज १९ –संसदको अवरोध खुलाउन तथा संविधानका विवादित विषयमा सहमति जुटाउन प्रधानमन्त्री सुशील कोइरालाले राजनीतिक भेटवार्तालाई तीब्रता दिनुभएको छ ।  संविधानको विवादित विषयमा सहमति गर्ने समयसीमा सकिन २ दिन मात्र बाँकी रहँदा उहाँले विभिन्न दलका नेताहरुसँगको छलफललाई बाक्लो बनाउनुभएको छ ।
यसैक्रममा आहिले कोईरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका एमालेका नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ । अहिले बालुवाटारमा प्रधानमन्त्रीको उपस्थितिमा कांग्रेस र एमालेका शिर्ष नेताहरु बीच छलफल भईरहेको प्रधानमन्त्रीका प्रेश संयोजक प्रकाश अधकारीले जानकारी दिनुभयो । आजै कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुबीच पनि छलफल गर्ने तय भएको छ । यसअघि हिजो प्रधानमन्त्री कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र तमलोपाका अध्यक्ष महन्थ ठाकुरसँग पनि छलफल गर्नुभएको थियो ।

Post a Comment

 
Top