मुस्ताङ, कार्तिक –चिसो बढेसँगै उपल्लो मुस्ताङका आठ विद्यालयका विद्यार्थी बेँसी झरेका छन् । लोमान्थाङ, छोेसेर र छोन्हुप गाविसमा सञ्चालित ती विद्यालयका २०० विद्यार्थी घुम्ती विद्यालयमा अध्ययन गर्न पोखरा झरेका हुन् । चिसोका कारण हरेक वर्ष दिव्यदीप मावि छोसेर, राष्ट्रिय निमावि लोमान्थाङ र छोन्हुपमा सञ्चालित सरस्वती प्रावि, दीपविज्ञान प्रावि, भृकुटी प्रावि, जनप्रभात प्रावि, वीरेन्द्र प्रावि र बुद्ध प्राविले पोखराका विभिन्न स्थानमा घुम्ती विद्यालय सञ्चालन गर्दै आएको छ । उपल्लो मुस्ताङमा पटक–पटक हिमपातसँगै अत्यधिक चिसो बढेपछि ती विद्यालयका विद्यार्थी बेँसी झरेको जिल्ला शिक्षा कार्यालय मुस्ताङका विद्यालय निरीक्षक मोतीलाल चपाईंले जानकारी दिनुभयो । उहाँका अनुसार, ती विद्यालयले कात्तिक १६ गतेदेखि पोखराका विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गर्नेछ । चिसो मौसम सुरु भएपछि कात्तिक अन्तिम सातादेखि मुस्ताङका सबै विद्यालय बन्द हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment