आसोज १६ –दक्षिण कोरियामा जारी १७औं एसियाली खेलकुदमा आज नेपालले तेक्वान्दो, काता र एथ्लेटिक्समा प्रतिस्पर्धा गर्दैछ । आज तेक्वान्दोतर्फ नेपालका लागि महत्वपूर्ण तीन खेल हुँदैछन् । पदकको आशा गरिएका खेलाडीहरु मनिता शाही, आयशा शाक्य र सुजन जोशीले खेल्दैछन् । मनिताले चाइनिज ताइपेइ, आयशाले मकाउ, र सुजनले भारतका खेलाडीसँग प्रिक्वार्टरफाइनलमा खेल्दैछन् । अर्को पदकको आशा गरिएको खेल कराँते पनि आजैदेखि सुरु हुँदैछ । महिला काताको क्वार्टरफाइनलमा विमला तामाङसंग पाकिस्तानी खेलाडी कुल्सोम आमुने सामुने हुनेछन । यो खेल जिते विमलाले कम्तीमा कास्य पदक सुरक्षित गर्नुहुनेछ । पुरुष कातामा पर्शुराम बास्तोलाले साउदी अरेबियाका खेलाडीसँग, ६७ केजी समूहमा मुकुन्द महर्जनले तुर्कमेनिस्तानका खेलाडीसँग र ७५ केजी समूहमा दिवस श्रेष्ठले कुवेती खेलाडीसँग भिड्दैछन् । एथ्लेटिक्सको महिला म्याराथनमा लामो समयदेखि अमेरिकामा बस्दै आएकी स्वरुपा खड्काले सहभागिता जनाउँदैछिन । आजै महिला पाँच हजार मिटर दौडमा कान्छीमाया कोजुले प्रतिस्पर्धा गर्नुहुनेछ। त्यसैगरी, पुरुष १० हजार मिटर दौडमा गोपीचन्द्र कार्की पनि दौडिदै हुनुहुन्छ ।

Post a Comment

 
Top