आसोज १६ –जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि खोटाङमा दलित अधिकार जिल्ला सञ्जाल गठन गरिएको छ । दलितप्रति गरिने सामाजिक दुव्र्यवहार, छुवाछूत, भेदभाव अन्त्य गर्न सघाउ पु¥याउने उद्देश्यले सञ्जाल गठन गरिएको हो । प्रकाश तोलाङ्गेको संयोजकत्वमा नौ सदस्य समिति रहेको जिल्ला सञ्जाल गठन गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ खोटाङका सचिव दीपक ठटालले जानकारी दिनुभयो । दलित भएकै कारण सामाजिक, आर्थिक तथा राजनीतिक अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था हालसम्म पनि कायम रहेको र यस्ता विभेद अन्त्य गर्न स्थानीयस्तरदेखि नै लागि पर्नुपर्ने भएकाले सञ्जाल गठन गरिएको सङ्घका जिल्ला अध्यक्ष चर्चबहादुर विश्वकर्माले बताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment