आसोज १६ –एसियाडमा निगरानीका लागि भन्दै नेपालबाट सभासद्को टोली दक्षिण कोरिया पुगेको ७२ घन्टा नबित्दै दुई खेलाडी भागेका छन् । १७औं एसियाली खेलकुद प्रतियोगिता खेल्न गएका सफ्ट टेनिसका दुई खेलाडी टिम बसेको भिलेजबाट भागेका हुन् । सफ्ट टेनिशका शक्ति शर्मा र उज्ज्वल स्थापित भिलेज छाडेर भागेका छन् । सभासद्को टोलीले खेलाडीको निगरानी आफ्नो दायित्व रहेको बताएको थियो । यसअघि  सेपाकताक्रोका अमन पोडे खेल हुनुअघि नै भागेपछि यस विधामा नेपालले समूहका सबै खेल छाड्नुपरेको थियो । त्यसैगरी, खेल सकिसकेपछि भिलेजबाट उसुका दुई खेलाडी पनि भागेका थिए ।

Post a Comment

 
Top