कार्तिक ७ –इटहरी नगरपालिका–१ स्थित सङ्गीत चोकनजिक रहेको लेखनाथ पराजुलीको दुईतले काठको घरमा आगलागी हुँदा झन्डै ६० लाखभन्दा बढीको नोक्सानी भएको छ । माथिल्लो तलामा कोठा भाडामा बस्ने ट्र्याक्टर चालकले कोठाको टेबुलमा लक्ष्मीपूजाका लागि बालेको मैनबत्तीबाट सुरु भएको आगलागी बिस्तारै खाना पकाउने एलपी ग्यास सिलिन्डरको पाइप सल्केर फैलेको थियो । गएराति आगलागी भएको केही क्षणमा नै इटहरी तथा धरान र इनरुवाका वारुणयन्त्र ल्याएर निभाइएको तथा थप नोक्सानी हुन नपाएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

Post a Comment

 
Top