काठमाडौं, कात्तिक ११– आइसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री अन्तर्गत हिजो रद्द भएको नेपाल र अमेरिकाबीचको खेल अहिले जारी छ । हिजो खेल चल्दै गर्दा भारी वर्षा भएपछि खेल रद्द हुन पुगेको थियो । टस जितेर अमेरिकाले अहिले ब्याटिङ गरिरहेको छ । अमेरिकाले २२ ओभरको खेल सकिँदा १ विकेटको क्षतिमा ८९ रन जोडेको छ ।
खेलको जातास्थिति यहाँबाट हेर्नुहोस्
हिजो नेपालको इनिङ अचल्दै गर्दा पटक–पटक भएको वर्षा नरोकिएपछि खेल रद्द गरिएको थियो । बीचमा केहिबेर वर्षा रोकिएसँगै नेपालले ब्याटिङ थालेपनि फेरि वर्षा सुरु भइहालेको थियो । वर्षा रोकिएसँगै खेल सुरु गर्न आइसीसीले निर्धारित ५० ओभरबाट घटाएर ३० ओभर बनाएको थियो । जसअनुसार नेपालले १ सय ६२ रनको लक्ष्य पाएको थियो । यसअघि अमेरिकाले नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको थियो ।

तर, नेपालको इनिङ गतिलो हुन सकेन । ५ ओभरमै नेपालले ३ विकेट गुमाउन पुगेको थियो । एकपछि अर्को गर्दै धर्मराउँदै गएको नेपाली टोली जब भाग्यमानी बन्यो निरन्तरको वर्षाले खेल नै स्थगित हुन पुग्यो ।आज नेपाललाई वर्षाको फाइदा उठाउँदै खेल आफ्नो पक्षमा पार्ने मौका रहेको छ । २ खेल जितेको नेपाल अंक तालिकाको दोश्रो स्थानमा छ । अमेरिकाले ३ खेलमा १ खेल मात्र जितेको छ । नेपालले अमेरिकालाई हराउन सके डिभिजन टूमा बढुवा हुने सम्भावना बलियो हुने छ । प्रतियोगितामा शीर्ष २ मा अटाउने टोली नै डिभिजन २ मा बढुवा हुने छ ।

Post a Comment

 
Top