असोज २४ –सामान्य प्राथमिक स्वास्थ्य सेवा लिनसमेत धेरै टाढा पुग्नुपर्ने बाध्यता भएपछि दक्षिणी झापाको टाघनडुब्बा–७ कामाटोलीका स्थानीयवासीले गाउँमै सामुदायिक अस्पताल सञ्चालन गर्ने भएका छन् । सुगम जिल्ला भनेर चिनिएको झापाको दुर्गम गाउँ विकास समितिको रुपमा परिचित उक्त गाविसका स्थानीयवासीलाई प्राथमिक उपचार गराउनसमेत सुरुङ्गा, दमक, बिर्तामोड, भद्रपुरसम्म पुग्नुपर्ने बाध्यता भएपछि उनीहरुले गाउँमा नै सामुदायिक अस्पताल सञ्चालन गर्ने भएका हुन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कन्काइ नगरपालिकास्थित सुरुङ्गा चोकदेखि झन्डै २० किलोमिटर दक्षिणमा पर्ने उक्त स्थानमा वर्षांैदेखि अस्पताल निर्माणका लागि पहल गर्दा पनि सरकारले आफूहरुको माग सुनुवाइ नगरेको भन्दै स्थानीयवासी अस्पताल निर्माणका लागि आफैँ अग्रसर भएको कामाटोली बजार व्यवस्थापन समितिका संस्थापक अध्यक्ष बालकृष्ण खरेलले बताउनुभयो ।

Post a Comment