असोज २४ –तरकारीको बोराभित्र लुकाएर काठमाडौँ ल्याईदै  गरेको १५ लाखबराबरको चाँदी आज चितवनमा प्रहरीले बरामद गरेको छ । चितवनको भरतपुरस्थित गोन्द्राङमा रात्रिबस जाँचका क्रममा २४ किलो भन्दा बढी चाँदी बरामद गरेको चितवनका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । बरामद चाँदीसहित अवैध कारोबारमा संलग्न भारत मोतिहारीका २२ वर्षीय विजय कुमारलाई समेत पक्राउ गरिएको छ । आज बिहान करिब १ बजेको समयमा यसरी चाँदी बरामद गरिएको हो । विशेष सुराकीको आधारमा वीरगन्जबाट काठमाडौँ जान आउँदै गरेको ना५ख ४०७१ नम्बरको बसमा जाँच गर्दा चाँदीसहित ती व्यक्ति पक्राउ परेका हुन् ।

Post a Comment

 
Top