गोरखा भाद्र ९ – जिल्ला स्वास्थ्य कार्यालय गोरखाले चुरोट, सुर्ती, खल्तीमा राखेर हिड्ने र सेवन गर्ने कर्मचारीमाथि निगरानी राख्न थालेको छ । सुर्तीजन्य पदार्थको सेवनलाई पूर्ण रुपमा न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्य कार्यालयले यस्तो अभियान थालेको जनाएको छ । कार्यालय समयभित्र चुरोट, सुर्ती खाएको थाहा पाएमा, कुनै कर्मचारीको खल्तीमा सुर्ती, चुरोट छ भन्ने लागेमा स्वास्थ्य सहायक नवराज खड्काले जुनसुकै बेला पनि कर्मचारीको खानतलासी लिने भएको छ । अहिलेसम्म पाच जनाभन्दा बढी कर्मचारीले चुरोट, सुर्ती बुझाएको खड्काले बताउनुभयो । स्वास्थ्यलाई हानी गर्ने चुरोट, सुर्ती खान कार्यालयले बन्द गर्ने निर्णय गरेको र चुरोट, सुर्ती नबुझाउने कर्मचारीलाई जरिवाना गर्ने उहाँको भनाई छ । स्वास्थ्य कार्यालयको जिल्लास्तरीय समीक्षा गोष्ठीमा सहभागी भएका जिल्लाभरका आठ स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले पनि चुरोट, सुर्ती बुझाएको कार्यालयका प्रमुख विश्वराम श्रेष्ठले जानकारी दिनुभयो ।
Home
»
Local
»
स्वास्थ्य-जीवनशैली
» चुरोट, सुर्ती बोकेर कार्यालय जाने कर्मचारीलाई जिल्ला स्वास्थ्य कार्यालय गोरखाले कारवाही गर्ने,
Subscribe to:
Post Comments (Atom)
Post a Comment