गोरखा, ८ भदौ । कृषि प्रधान देश नेपालमा रहेका कृषि तथा पशु कार्यालयहरुको अवस्था बलियो होला भन्ने सबैको अनुमान हुन सक्छ । तर यथार्थ परिस्थिति भने त्यो भन्दा फरक देखिएको छ । नेपाल सरकार कृषि मन्त्रालय अन्तर्गत रहेको कृषि विकास कार्यालयको अवस्था कमजोर रहेको छ । देशका पहाडी जिल्लामा ६ वटा, तराईका जिल्लामा ४ वटा र उच्च पहाडी जिल्लामा ४ वटा कृषि सेवा केन्द्र स्थापना गरेको सरकारले पछिल्लो समयमा सम्पर्क इकाई मात्रै राखेको छ । सम्पर्क इकाईमा एक जना मात्रै कर्मचारी हुने र कार्यालय पनि आफ्नै झोला हुने गरेको छ । जिल्लाको सौरपानी, मनकामना, जौवारी, माछिखोला, आरुघाट, घ्याल्चोक, मिरकोट, बुंकोटमा रहेका संम्पर्क इकाईमा कर्मचारी झोलामा कार्यालय राखेर सेवा दिने गरेका हुन् । कार्यालय स्थापनाका लागि सरकारले कुनै पनि लगानी गरेको छैन । कृषि विकास कार्यालय अन्तर्गत रहेका छेपेटार, सिर्दीवास, घ्याम्पेसाल, भच्चेक, ताङ्लीचोक र पालुङ्टारको अवस्था पनि उस्तै रहेको कार्यालयले जनाएको छ । कृषि कार्यालयको तुलनामा पशु कार्यालयको अवस्था राम्रो रहेपनि किसानहरुले माग अनुसारको सेवा पाउन नसकेको गुनासो रहँदै आएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment