गोरखा, ८ भदौ ः जिल्लाको बक्राङ गाविस स्थित महेन्द्र शक्ति उच्च मा.वि.मा शिक्षक सरुवाको माग गर्दै विद्यार्थीहरुले कक्षा बहिष्कार गरेका छन् । माध्यमिक तहमा गणित अध्यापन गराउँदै आएका शिक्षक लक्ष्मेश्वर यादवलाई सो विद्यालयबाट अन्यत्र सरुवा गर्न विद्यार्थीहरुले माग गरेका छन् । यस अघि जेठ ११ गते बसेको विद्यालय व्यवस्थापन, शिक्षक अभिभावक संघ, विद्यार्थी र विद्यालयका शिक्षकहरुको बैठकमा शिक्षक यादवले भदौ १ गतेसम्म आफूलाई समय दिन माग गरेका विद्यालयले जनाएको छ । गणित विषयबस्तुमा शिक्षक कमजोर भएको भन्दै उनीहरुले नयाँ शिक्षकको माग गरेका हुन् ।
यसअघि सोही विद्यालयमा माध्यमिक तहमा अंग्रेजी अध्ययापन गराउँदै आएका शिक्षक प्रमोदचन्द्र पौडेललाई विद्यार्थीहरुले सरुवा माग गरेका थिए । पौडेलको ठाउँमा भर्खरै मात्र हरी कट्टेललाई सवारु गरी ल्याउने तयारी भएको विद्यालयका प्रधानाध्यपक रमेश कुँवरले बताउनुभयो । विद्यार्थीहरुले कक्षा बहिष्कार गरी तालाबन्दी गरेपछि आज कक्षा सञ्चालन गर्न नसएिको उहाँले बताउनुभयो । विद्यार्थीले सरुवाको माग गर्दै आएका शिक्षक लक्ष्मेश्वर यादव भने आफूले विद्यार्थीहरुको माग बमोजिम पढाउँदै आएका बताउनुभएको छ ।
जिल्ला सदरमुकामबाट नजिक भएर पनि विषयवस्तुमा दक्षता भएका शिक्षकहरु विद्यालयमा नहुँदा विद्यालयको शैक्षिक स्तर नाजुक बन्दै गएको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन भन्दा पनि शिक्षक व्यवस्थापन समस्याका कारण विद्यालयको भौतिक र शैक्षिक स्तर अघि बढाउन समस्या परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र न्यौपानेले बताउनुभयो । विद्यार्थीका माग पूरा गर्न र शिक्षकको पेशाको रक्षा गर्नु दुवै जिम्मेवारी सँगै रहेका कारण छलफलबाट समस्याको हल गर्न सम्बन्धित सरोकारवाला सबैको सहयोग आवश्यक पर्ने उहाँको भनाई छ ।

Post a Comment