गोरखा भाद्र ९ – गोरखा  नगरपालीका ४ धोद्रे सामुदायिक वनको खण्ड नं. ३ कालीमाटी रातोडाँडा पहिरोमा स्थानिय उपभोक्तहरुले बृक्षारोपण गरेका छन् । एक महिना अगाडि बृक्षारोपण गएिपनि पहिरोले पुरिएको कारण फेरी बृक्षारोपण गरिएको सामुदायिक वनको सचिव सावित्री थापा मगरले जानकारी दिनुभयो ।  पहिरोमा बकाईनोको १ सय विरुवा, अम्रिसोको २५ सय विरुवा र बासको १ सय गरि २ हजार ७ सय विरुवा रोपिएको उहाँले बताउनुभयो । 
बकाईनो र बाँसको विरुवा भने जिल्ला भु–संरक्षण कार्यालयको नर्सरी नौ सयबाट ल्याईएको र २५ सय अम्रिसो भने हरियो वन कार्यक्रम अन्तर्गत यू.एस.आई.इ.डि को आर्थीक सहयोगमा डव्लु,डव्लु एफ नेपाल र श्री स्वारा संघन गाउँ विकास समितिको  सहयोगमा रोपिएको सचिव थापाले जनाउनुभयो । बृक्षारोपण कार्यक्रममा ३५ जना स्थानिय उपभोक्ताहरुको सहभागिता रहेको थियो । बर्षेनि पहिरो जाने क्रमको समयमै रोकथाम नगरे नगरपालिका ४ मा अन्तर्गत पर्ने पस्लाङ, ठुलो रिप, सानो रिप लगायतका गाउँहरु पहिरोको जोखिममा रहेकाले स्थानियहरु त्रशिद बनेका छन् ।

Post a Comment

 
Top