गोरखा भाद्र ९ – आज कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन नेपाल भर मनाईएको छ  । आजको दिनमा देवकार्य र पितकार्यमा पवित्र मानी प्रयोग गरिने कुश घर–घरमा भित्रयाइन्छ । आजका दिन ‘पितृदेवो भव’ भन्ने मान्यताअनुरुप बाबुलाई मन पर्ने मिठाई, भोजन खुवाई मुख हेर्ने र यथोचित सम्मान गर्ने परम्परा छ । बाबु नहुनेहरुले पितृको तृप्ति एवं कल्याणको कामना गरी काठमाडौको उत्तरपट्टि रहेको गोकणेश्वर महादेवको मन्दिरमा गई सम्झना स्वरुप श्राद्ध, तर्पण आदि गर्ने चलन छ । देवघाट, स्वर्गद्वारी, रुरुक्षेत्र, विन्ध्यवासिनी लगायतका धामिर्क स्थलमा पनि बाबुप्रति श्रद्धा गर्नेको घुईंर्चो लाग्ने गर्छ ।
आजै नेपालका राष्ट«िय विभूति मोतीराम भट्टको जन्मजयन्ती पनि विविध कार्यक्रम गरि मनाईएको छ । गोरखामा भने १ सय ४९ औ मोति जयन्तिको अवसरमा गजल गृह गोरखाको आयोजनामा अहिले  गजल साझ कार्यक्रम भईरहेको छ ।  कार्यक्रममा गोरखाका गजलकारहरुको सहभागिता रहेको छ । गजल गृह गोरखाका अध्यक्ष रमेश भट्ट साधुको अध्यक्षतामा कार्यक्रम सुरु भएको हाम्रा सहकर्मी धन बहादुर तामाङले जानकारी दिनुभयो । विक्रम संवत १९२३ साल भदौ कुशे औंसीका दिन जन्मेर १९५३ साल भदौ कुसे औंसीका दिन मोतीरामको निधन भएको थियो । मोतीराम भट्टलाई माध्यमिक कालीन नेपाली साहित्य र श्रींगारिक धाराका प्रवर्तक मानिन्छ । उहाले कविता, गीत, गजल, नाटक, गद्य आदि लेखेर नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ ।

Post a Comment

 
Top