गोरखा, ११ भदौ । जिल्लाको मुच्चोक गाविस स्थित चर्तुमाला उच्च माध्यमिक विद्यालयको विद्यालय भवन गएराति परेको अविरल वर्षाका कारण पहिरिएको छ । २०६६ सालमा जिल्ला शिक्षा कार्यालय गोरखाको सहयोगमा निर्माण भएको भवनको चारैतिरबाट पहिरोले तानेपछि भवनमा बस्न नमल्निे भएको विद्यालयका प्राचार्य बुद्धि बहादुर विकले जानकारी दिनुभयो । ०६८ सालमा आएको भुकम्पका कारण चर्केको पुरानो भवन गएरातिको वर्षात पछि पूर्ण रुपमा भत्केको छ । छात्रहरुले प्रयोग गर्ने शौचालयको सेफ्टी ट्याङ्की पहिरोको कारण १० मिटर तल पुगेको उहाँले बताउनुभयो ।
यस विद्यालयमा अधिकाँश दलित र जनजाति छात्रछात्राहरुले अध्ययन गर्ने गर्दछन् । पहिलो त्रैमासिक परिक्षा नजिकिदै गर्दा कक्षा कोठा अभावका कारण विद्यालय बन्द गर्नु पर्ने अवस्था आएको प्राचार्य विकले बताउनुभयो । विद्यालयमा मा.वि. र उच्च मा.वि. तर्फ पाँचसय ६१ जना विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् । जिल्ला शिक्षा कार्यालय गोरखाले नियमित निकासा बाहेक भौतिक पुर्वाधारका लागि लामो समयदेखि कुनै पनि योजना विद्यालयलाई दिएको छैन ।
विद्यालयको भवन पहिरोमा परेपछि कसरी कक्षा सञ्चालन गर्ने भन्ने समस्या परेको अभिभावक संघका सदस्य सुक बहादुर विकले बताउनुभयो । दुर्गम क्षेत्र भएका कारण सरकारी निकायको योजना विद्यालय सम्म पुग्न नसकेको यहाँका अभिभावकहरुले बताएका छन् ।

Post a Comment