गोरखा भाद्र ११ – बोक्सीको आरोपमा कुनै पनि महिलालाई यातना दिन नपाउने कानुनी व्यवस्था भएपनि अझै पनि नेपाली समाजमा बोक्सीजन्य अपराध बढ्दै गईरहेकोले यसबाट महिलाहरु बढि प्रभावित भएको भन्दै राष्ट्रिय महिला आयोगको अगुवाईमा तयार परिएको विद्येयक माथी आज गोरखा सदरमुकाममा एक कार्यक्रममा छलफल गरिएको छ । बोक्सी सम्वन्धि कसुर र सजाय विद्येय २०७१ माथी आज छलफल भएको हो ।  यो विद्येयक व्यवस्थापिका संसदमा दर्ता भईसकेको पनि कार्यक्रममा बताईएको छ । सामुदायिक सारथी र ओमेन एक्टको आयोजना र यू.एसं. ए.आईडि र द एसियन फाउण्डेसनको आर्थिक सहयोगमा भएको कार्यक्रममा गोरखाका माननिय न्याधिस प्रकाश कुमार काफ्ले, युवा संघका केन्द्रिय सदस्य खिल बहादुर राना, सामुदायिक सारथीका सहजकर्ता नारायण भट्टराई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सामुदायिक सारथीका सहजकर्ता श्रीकृष्ण पौडेलले गर्नुभएको थियो ।

Post a Comment

 
Top