गोरखा श्रावण २० – गोरखाको एक विद्यालयमा चोरी भएको छ । गोरखा नगरपालिका ६ खल्लुबोटे हरमटारीमा रहेको राष्ट्रिय भुत पूर्व सैनीक आवासीय विद्यालयको करिब २५ हजार मुल्य बराबरको कम्प्यूटरको सी.पी.यू र पेन ड्राइभ  चोरी भएको प्रहरीले जनाएको छ । गए राति करिव १ बजे तिर विद्यालयमा लाइट बलेको र केही ठोस वस्तु झरेको जस्तो आवाज आएको स्थानियहरुले बताएका छन् ।
विद्यालयको पछाडि पट्टिको ढोका तोड फोड गरी रडले  कम्प्यूटर कक्षको ढोकाको ताल्चा फोडी सी.पि.यू लगेको विद्यालय सञ्चालन समितिका सचिव कृष्ण रेग्मीले जानकारी दिनुभयो । त्यस्तै चोरी गर्ने अज्ञात व्यक्तिले प्रभावकारी नेपाल भू.पू सैनीक वचत तथा ऋण सहकारी संस्थाको ढोकाको ताला पनि तोडेको सचिव रेग्मीले बताउनुभयो ।
यस अघि करिव २, ३ महिना पहिले पनि संस्थाको चेक चोरी भएको विद्यालयले जनाएको छ । अज्ञात व्यक्तिले विद्यालयका ४ वटा कोठाको ताला फोडेको छ । विद्यालयले घटना बारे छानवीन गर्न जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छ । घटनाको बारेमा छानविन भईरहेको र चोरी गर्ने व्यक्तिको खोजी कार्य भईरहेको प्रहरी प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

Post a Comment

 
Top