गोरखा श्रावण २० – गोरखाका करदाताहरुले अन्तशुल्क र आयकर बुझाएका छन् । गोररखा उद्योग वाणिज्य संघ, गोरखाको संयोजनमा गोरखा बजारस्थित संघकै सभाहलमा गोरखाका करदाताहरुले अन्तशुल्क र आयकर बुझाएका हुन् । आन्तरिक राजस्व कार्यालय पोखराबाट कर अधिकृत दोविन्द्र दाहालको नेतृत्व आएको डोरमुकाम टोलीले  श्रावण १८, १९ र २० गते  आयकर र अन्तशुल्कको नविकरण गरेका हुन् ।
२० लाखभन्दा मुनि आर्थिक कारोबार गर्ने साना व्यापारीहरुमध्ये अन्तशुल्क विवरणतर्फ २७१ र आय विवरण तर्फ ८७८ जना गरी जम्मा ११४९ जनाले सेवा लिएका थिए । जसबाट २३ लाख ४३ हजार कर संकलन भएको गोरखा उद्योग वाणिज्य संघ, गोरखाका महासचिव कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो । 
अन्तशुल्क र आयकर बुझाउन मनकामना बजार ईकाई र भच्चेक बजार ईकाईका व्यापारीहरुपनि गोरखा बजार आएका थिए । तर यातायातको असुविधाको कारण आरुघाट बजार ईकाईका करदाताहरु भने कर बुझाउन नआएको महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।

Post a Comment

 
Top