गोरखा श्रावण २० – एसएलसीको पुरक परिक्षा देशभर आजबाट सुरु भएको छ । मौका परीक्षामा देशभर कुल एक लाख २० हजार ६ सय २७ जना परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रक विष्णु बहादुर द्वारेले जानकारी दिनुभयो । २०७० सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि आजबाट सुरु भएको परिक्षामा गोरखाका कुल २३ सय ५ विद्यार्थी सहभागी भएका जिल्ला शिक्षा कार्यालय गोरखाले जनाएको छ । परीक्षाका लागि देशभर कुल २ सय ३४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । गोरखामा भने शक्ती उच्च मावि, महेन्द्र ज्योती उच्च मावि र सरस्वती उच्च मावि गरी ३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
आज भएको अनिवार्य अङ्ग्रेजी बिषयको परीक्षामा गोरखामा ४ सय ९८ विद्यार्थी सहभागी भएका थिए । अङ्ग्रेजी विषयमा अनुत्तीर्ण भएका कुल ५ सय १० विद्यार्थी मध्ये १२ जना अनुपस्थित रहेको परीक्षा शाखा प्रमुख नवराज पौडेलले जानकारी दिनुभयो ।
मौका परीक्षामा देशभर गरी सबैभन्दा बढी अनिर्वाय गणित विषयमा ६८ हजार २ सय ३०, विज्ञान विषयमा ५० हजार ७ सय १९ र अनिर्वाय अङ्ग्रेजी विषयमा ३३ हजार ७७ जना परीक्षार्थी सहभागी हुने छन् ।
गोरखामा पनि अनिवार्य गणितमा सबैभन्दा बढी विद्यार्थी ८ सय १० जना सहभागी छन् । त्यस्तै गरी, अनिवार्य विज्ञानमा ५ सय ४५, ऐक्षिक गणितमा १ सय २३, ऐक्षिक अर्थशास्त्रमा ४७, सामाजिक शिक्षामा २ सय १४, कम्प्यूटर साइन्समा २ जना सहभागी रहेका छन् ।
त्यस्तै गरी भोली हुने अनिवार्य नेपाली विषयको परीक्षामा गोरखामा १ जना मात्र सहभागी छन् ।
गोरखामा आज भएको अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा शान्त र सौहार्द रुपमा सम्पन्न भएको परीक्षा शाखा प्रमुख पौडेलले बताउनुभयो ।

Post a Comment