गोरखा श्रावण २० – जिल्ला शिक्षा कार्यालय गोरखाले शिक्षक सेवा आयोग सानोथिमी भक्तपुरबाट सिफारीस भई आएका मावि र निमावि तहमा स्थाई शिक्षकहरुको लागि विद्यालय छनोट प्रक्रिया सुरु गरेको छ । कार्यालयले आज सुचना प्रकाशित गरी स्थाई शिक्षकको नामावली र पद रिक्त भएका विद्यालयको नामावली प्रकाशित गरेको छ ।
२०६३ बैशाख ११ भन्दा अगाडि नियूक्ती पत्र लिई शिक्षणमा संलग्न भएका शिक्षकहरुको हकमा यो प्रक्रिया लागु हुने जिल्ला शिक्षा अधिकारी लिलामणी पोखरेलले बताउनुभयो । उहाँले २०६३ भन्दा पछि नियूक्ती पत्र लिएका अस्थाई शिक्षकहरुको ठाउँमा भने कनिष्टताको आधारमा स्थाई भएका शिक्षकहरुलाई पदस्थापन गर्ने बताउनुभयो ।
कार्यालयले स्थाई र अस्थाई शिक्षकहरुका लागि दावी विरोधका लागि ,२०,२१ र २२ गरी तिन दिनको समय छुट्ट्याएको छ । २३ गते शिक्षकहरुले गरेको दावि विरोधका आधारमा अन्तिम सुचना प्रकाशित गर्ने र २६ गतेबाट विद्यालय छनौटका लागि फारम वितरण गर्ने कार्यालयले जनाएको छ ।
शिक्षक जुन विद्यालयमा कार्यरत छ सोही विद्यालयमा पदस्थापन गर्ने शिक्षा नियमावलीमा उल्लेख भएकाले गोरखा पनि सोही अनुसार लागु हुन सक्ने जिल्ला शिक्षा अधिकारी लिलामणी पोखरेलले बताउनुभयो ।
हाल मावि र निमावि तहमा आयोग उत्तिर्ण गरी स्थाई भएका शिक्षकहरुको लागि मात्र विद्यालय छनौटको पक्रिया अघि बढाएको हो । प्राविको भने मावि र निमाविका शिक्षकको पदस्थापन प्रक्रिया सकिए पछि सुरु हुने कार्यालयले जनाएको छ ।

Post a Comment