गोरखा श्रावण २४ –आदिवासी जनजातिको अडान पहिचान सहितको संघिय संविधान भन्ने मुल नारा सहित २० औ अन्तराष्ट्रिय आदिवासी दिवस आज गोरखामा भव्यताका साथ मनाईएको छ । विश्वका आदिवासीहरु एक हौ भन्ने मुल उद्देश्यलाई आत्मासाथ गर्दै विश्व आदिवासी दिवस विश्वभर आज एकसाथ मनाईएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाको आयोजना भएको कार्यक्रममा ठुलो संख्यामा आदिवासी जनजातिहरुको उपस्थिति रहेको थियो । उनिहहरु आ–आफ्नो जातिय पहिचान झल्कने भेषभुषामा सजिएर ¥यालिमा सहभागि थिए ।
खेलकुद मैदान हरमटारी गोरखाबाट सुरु भएको झाँकी सहितको ¥यालि हरमटारीचोक, शक्तिचोक, बसपार्क हुदै गोरखकाली चलचित्र मन्दिरमा पुगेर औपचारीक कार्यक्रममा परिणत भएको थियो ।
¥यालिमा सहभागि आदिवासी जनजातिहरुले जातिय पहिचान सहितको संघिय संविधान हुनुपर्ने र आफ्ना मागहरु सरकारले सम्वोधन गर्नुपर्ने लगायतका माग राख्दै नारा लगायका थिए ।
औपचारिक कार्यक्रममा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखका अध्यक्ष बिष्णु राना मगरको अध्यक्षता र आदिवासी जनजाति महासंघ केन्द्रिय सचिवालय उपाध्यक्ष डण्डु शेर्पाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महासंघ गोरखाको अध्यक्ष तथा संघको सदस्य नानुमाया थापा मगरले स्वागत मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै गरी कार्यक्रममा नेपाल चेपाङ संघ गोरखाका अध्यक्ष चन्द्र बहादु चेपाङ, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ गोरखाका अध्यक्ष सुनिल थापा मगर, नेपाल आदिवासी जनजाति यूवा महासंघ गोरखाका अध्यक्ष दिनेश गुरुङ, नेपाल मगर संघ जिल्ला कार्य समिति गोरखाका सह–सचिव रमेश थापा मगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा गोरखाका अध्यक्ष भिमलाल श्रेष्ठ, मानव अधिकार तथा शान्ति समाज गोरखाका अध्यक्ष यदू अधिकारी, नेपाल परिवार दल गोरखाका प्रतिनिधि तुल राम घले, संघिय समाजवादी पार्टी गोरखाका अध्यक्ष सुकदेव तामाङ्ग, एकिकृत नेकपा माओवादीको पार्टी प्रतिनिधि कृष्ण राना मगर , नेकपा एमालेका पार्टी प्रतिनिधि खिल बहादुर राना मगर लगायतले मन्तव्य राख्नुभएको थियो ।

Post a Comment