गोरखाको १२ किलोमा हिजो भएको जीप दुर्घटनामा परी मृत्यु भएका समुन्द्र देबकोटाका आफन्तहरुले उचित क्षतिपूर्तिको माग गर्दै आज दिनभर चक्काजाम गरेका छन् । पीडित पक्ष र सवारी धनीबीच मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुलाई उपचार गर्ने सहमतिमा बेलुकी ४ बजेबाट चक्काजाम फिर्ता भएको छ । जीपका चालक तथा सवारी धनीलाई नियन्त्रणमा लिई सवारी नियम अन्तर्गत मुद्दा दर्ता गरेर १० दिनको लागि म्याद थपिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभएको छ ।

Post a Comment

 
Top