गोरखा, भाद्र – हिजो भएको बस दुर्घटनाको बिरोधमा आज विहानैदेखी स्थानियहरुले आरुघाट बजार बन्द गराएका छन् । साघँुरो, जोखीमपूर्ण सडक हुदा पनि राज्यले उचित ध्यान नदिएको, यातायात व्यवसायी समिति गोरखाको सडकमा एकाधिकार भएको कारण सडक दुर्घटना पटकपटक हुने गरेको भन्दै स्थानियहरुले विरोध जनाएका हुन् । त्यस्तै गरी थोत्रा सवारी साधन, चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै स्थानीयहरुले अनिश्चित कालका लागि बजार बन्द गराएका हुन् ।
यस्तै, बन्दलाई समर्थन गर्दै दुर्घटना भएको क्षेत्र तिर संचालित बगुवा, मसेल र तान्द्राङ गाविसका सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएको स्थानिय बासिन्दा जनाएका छन् ।
उद्धार कार्यमा ढिला भएको कारण घाईतेको ज्यान गएको स्थानियहरुले आरोप लगाएका छन् । दुर्घटना भएको ४÷५ घण्टा सम्म पनि उद्धार भएको थिएन । गोरखा आरुघाट सडक खण्ड बर्षाको कारण हिलाम्य हुदा उद्धारका लागि गएको एम्वुलेन्स पनि फसेका थिए ।
विज्ञप्ति
गोरखाको बगुवा गाविस वडा नं. ३ खाञ्चोक भञ्ज्याङ नजिक हिजो भएको बस दुर्घटनाले यातायात व्यवसायी समिति अत्यान्त स्तव्ध र मर्माहत बनेको विज्ञप्तिमा जनाईएको छ । समितिको अध्यक्ष नारायण खत्रि र महासचिव सुरेन्द्र कुवँरद्वारा हस्ताक्षरीत विज्ञप्तिमा यातायात व्यवसायी समिति गोरखा अन्तर्गत संचालित ना.४ ख १३९५ नम्वरको बस दुर्घटना हुदा ४ जनाको ज्यान गएको र थुप्रै घाईते भएकाले समिति अत्यन्त स्तव्ध र मर्माहत भएको बताईएको छ । साथै यस दुखद घडिमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भनि इश्वर संग प्राथना गर्दछौ विज्ञप्तिमा लेखीएको छ । साथै समितिले दुर्घटनाका घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको लागि उचित व्यवस्थ गर्न प्रतिबद्धता रहेको विज्ञप्ति मार्फत् जनाईएको छ । यातायात व्यवसायी समिति गोरखाको अत्यन्त दुखदायी घटनालाई लिएर समितिलाई झुट्टा लान्छना लगाई घटनालाई तोडमोड गर्न खोजिएको प्रति यातायात व्यवसायी समितिले दुःख व्यक्त गरेको छ ।
साथै समितिले बिपद् घडिमा उद्धार कार्यमा सहयोग गर्ने स्थानिय बासिन्दा, राजनैतिक दल, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, रेडक्रस, रोडट्र्याक, स्वास्थ्य कर्मीहरु लगायत सम्पूर्ण संघ संस्था, क्लव, लगायत सम्पूर्ण महानुभावहरुलाई आभार प्रकट पनि गरेको छ ।
। दुर्घटनामा ज्यान गुमाउनेहरुमा आरुचनोटे १ का ३७ बर्षिय ऐश्वर्य श्रेष्ठ, उहाँको ७ बर्षिय छोरी योजना श्रेष्ठ, गुम्दा गाविस वडा नं. ९ का २१ बर्षिय सरीता गुरुङ र तान्द्राङ गाविस वडा नं. ३ का १७ बर्षिय संझना सुर्खेती रहनुभएको छ ।

Post a Comment