गोरखा, भाद्र – पुर्व प्रधान सेनापति रुकमाङ्गद कटवालको पछिलो समयमा चर्चा परिचर्चाका साथै आलोचित बनेको  पुस्तकको बारेमा आज गोरखामा पनि अन्तरक्रिया कार्यक्रम गरिएको छ । पुस्तकको बारेमा गोरखाका मानवअधिकारबादी, जिल्लाका न्यायाधिस,विभिन्न सरकारी तथा गैरसरकारी  कार्यालयका  प्रतिनिधिहरु, सञ्चारकर्मीहरुले  प्रश्नका साथै जिज्ञासा राखेका थिए ।
धेरै जसो प्रश्नहरु पुस्तकलाई आलोचना गर्ने खालका थिए । कटवालको पुस्तक बनावटी भन्दै गोरखाका कतिपय प्रतिनिधिहरुले आलोचना गरेका थिए । प्रश्नको उत्तर दिन पुर्व प्रधान सेनापति अकमकाएको जस्तो पनि देखिन्थ्यो । आफुले सोधेको प्रश्नको सुन्तुष्ट जवाफ कटवालबाट नआएको अन्तरक्रियाका एक सहभागीले बताएका छन् । कटवालले यो पुस्तक आफैले लेखेको नभई कसैले मसला पु¥याएर लेखिदिएको हुनाले सन्तुष्ट जवाफ दिन नसकेको भनी कतिपयले टिप्पणी गरेका छन् ।

Post a Comment

 
Top