गोरखा, भाद्र – भट्टराई पक्षधर एकिकृत नेकपा माओवादिका प्रतिनिधि हरुले आफुहरुलाई आसन ग्रहण नगराएको भन्दै विरोध जनाएपछि गोरखाका गाँउ विकास समितिहरुको आर्थिक बर्ष २०७०÷०७१ को बार्षिक समिक्षा गोष्ठि स्थगित भएको छ । जिल्ला विकास समितिको कार्यालय गोरखाको आयोजनामा भएको कार्यक्रममा भट्टराई पक्षधर कमिटिका सचिव रमेश पोखरेलले जिल्ला विकास समितिको हरेक क्रियाकलाप र गतिविधिहरुमा आफुहरुको पनि उत्तिकै अधिकार रहेको भन्दै विरोध गरेपछि उद्घाटन सत्र सकिन नपाउदै गोष्ठि स्थगित भएको हो । अन्य राजनितिक दलहरुलाई जस्तै आफुहरुलाई पनि समान हैसियतमा राख्नुपर्ने उनिहरुको माग रहेको छ ।
स्थानिय विकास अधिकारी महेश बरालले सवै राजनितिक दलका जिल्ला नेताहरुसंग छलफल गरी समस्या सुल्झाउने बताउनुभएको छ । समस्या सुल्झाउनका लागि स्थानिय विकास अधिकारी महेश बराल सहित जिल्लाका राजनितिक दलका नेताहरु छलफलमा जुटेका छन् ।
स्थानिय विकास अधिकारी महेश बरालको सभापतित्वमा भएको गोष्ठिमा नेपाली कंग्रेसका मोहन पोखरेल, नेकपा एमालेका विशेश्वर कट्टेल, एकिकृत नेकपा माओवादीका हितमान सुर्खेती, नेकपा माओवादीका नारायण अधिकारी लगायत सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रतिनिधिहरु, जिल्लाका गाविस सचिवहरुको उपस्थिति रहेको थियो ।

Post a Comment

 
Top