भदौ १७ – राजधानीमा आजदेखि सुरु भएको एन्फा कप फुटबल प्रतियोगितामा झापा फुटबल क्लबले गत वर्षको लिग लिडर मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा मोफसलको टिम झापाले मनाङ मस्र्याङ्दी क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टिमसमेत बन्यो ।

एएफसी प्रेसिडेन्ड कप फुटबल प्रतियोगिताको तयारीमा रहेको मनाङ मस्र्याङ्दीले यस वर्षको पहिलो सिजनको खेलमा नै खराब प्रर्दशन ग¥यो ।

गत वर्षको सिजनमा भएका सहिद स्मारक ए डिभिजन लिग, गोरखा कप फुटबल, एनसेल कप फुटबल, भुटानमा भएको किङ्स कप, पोखरामा भएको सफल पोखरा कपजस्ता महत्वपूर्ण खेलको च्याम्पियन बनेको मनाङ–मस्र्याङ्दी यस सिजनको पहिलो खेलमै लज्जास्पद हार बेर्होदै प्रतियोगितबाट बाहिरिन बाध्य बन्यो ।

झापाको जितमा विशाल राई ए नायक बने । उनले प्रतियोगितामा दुई गोल गरे । राईले खेलको पहिलो हाफको १३ औँ मिनेटमा डिबक्स एरियाबाट प्रहार गरेको बलले सिधै जाली चुमेपछि झापालाई पहिलो अग्रता दिलाए ।

खेलको पहिलो हाफसम्म एक शून्यले अगाडि रहेको झापा खेलको दोस्रोहाफ सुरु भएको ८ मिनेटपछि मनाङ–मस्र्याङ्दीका खेलाडी दीपक राईले गोल फर्काउदै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए । सुलभ मास्केको क्रसपासमा दीपकले खेलको ५३ औँ मिनेटमा गोल गरे ।

त्यस्तै, झापाका विशालले मनाङ मस्र्याङ्दीले गरेको एक÷एक गोलको बराबरीलाई लामो समयसम्म टिक्न दिएन । उनले खेलको ६८ औँ मिनेटमा ज्ञानबहादुर मगरको पासमा थप एक गोल गरेपछि २–१ को अग्रता बनाउँदै आफनो टिमको जित सुनिश्चित गरे ।

मनाङ–मस्र्याङ्दीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग भने गर्न सकेको थिएन । खेल सुरुवाती नौ मिनेटमा नै दीपक राई गोल गर्न चुकेका थिए । उनले डिबक्स एरियाबाट प्रहार गरेको प्रहार झापाका गोल रक्षक दिनेश थापामगरले बचाएका थिए । खेलको ६३ औँ मिनेटमा दीपक राईले करिब २० यार्डबाट सशक्त प्रहार गरेको बल पोलको बाँया बारमा लाग्दै बाहिरिन पुग्यो भने खेलको ७३ औँ मिनेटमा सुलभ मास्केले हानेको बललाई झापाका नगेन्द्र लिम्बुले क्लियर गरेपछि मनाङ–मस्र्याङ्दीले गोल फर्काउन सकेन ।

खेलपछि झापाका प्रशिक्षक भगीरथ आलेले उक्त प्रतियोगिताको लागि पाँच दिन मात्रै अभ्यास गरे पनि गत वर्षको वेष्ट स्ट्राइक आफ्नो टिममा भएकाले जित हासिल गर्न सहज भएको बताउनुभयो ।

प्रशिक्षक आलेले मनाङ–मस्र्याङ्दी क्लब राम्रो टिम भएको चर्चा गर्दै दोस्रो चरणको खेलमा आफ्नो टिमले अझ राम्रो प्रर्दशन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै मनाङ–मस्र्याङ्दीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो टिमको डिफेन्सको व्यालेन्स राम्रोसँग नमिल्दा प्रतियोगितमा हार बेहोर्न बाध्य बनेको भन्दै एएफसी प्रेसिडेन्ड कपमा अहिले भएको कमी कमजोरीलाई सुधार्दै प्रतियोगितामा राम्रो गर्ने बताउनुभयो ।

उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले एक कार्यक्रमबीच गर्नुभएको थियो ।

Post a Comment

 
Top