राशीबाट पत्ता लगाउनुस् कस्तो साथी बन्न सक्छिन् उनी
(एजेन्सी) जब कसैलाई साथी बनाउने सोच्दै हुनुहुन्छ भने पक्कै पनि एउटा कुरा मनमा आउने गर्दछ कि उक्त व्यक्ति कस्तो होला । विशेषगरि यदि कुरा महिलाको हो भने त पक्कै पनि । थुप्रै पटक साथी बनिसकेपछि तपाईंलाई लाग्छ कि तपाईंको निर्णय गलत थियो जसका कारण तपाईंले उनीसँग दुरी बनाउन थाल्नुहुन्छ जसले गर्दा तपाईंलाई र तपाईंको साथीलाई समस्या पर्नसक्छ । तर यस्तो समस्या किन झेल्नु यदि तपाईंले साथी बन्नुभन्दा पहिले नै उनको बारेमा केहि अनुमान लगाउन सक्नुहुन्छ भने ।
हो, हामी कुरा गरिरहेका छौँ महिलाको जसले साथीहरुसँग कस्ता व्यवहार गर्दछिन् र यो कुरा उनको राशीअनुसार हामी तपाईंलाई बताउँदै छौँ । थाहा पाउनुहोस्ः
मेष राशीः
तुरुन्त साथी बनाउँछन् मेष राशी भएका महिलाहरु
मेष राशी भएका महिलाहरुको मन बगेको पानीजस्तै हुने गर्दछ । जहाँ राम्रा मान्छे भेट्यो त्यतै आकर्षित हुने । एक मिनेटमा नै साथी बन्ने निर्णय लिने गर्दछन् र एक मिनेटमा नै तोड्ने । मेष राशी भएकी महिलाको साथीको समूह ठूलो हुने गर्दछ र उनले आफ्ना साथीहरु कहिले पनि बिर्सन सक्दिनन् । नयाँ मानिसहरुसँग साथी बन्न ढिला नगर्ने यस्ता महिलाहरुको बानीले उनका पुराना साथीहरुसँग उनको ठाकठुकसमेत पर्ने गर्दछ । साथीहरुसँग हाँसो–ठट्टा गर्न उनलाई निकै रमाइलो लाग्ने गर्दछ । उनको गहिरो सम्बन्ध निकै थोरै साथीहरुसँग मात्र हुने गर्दछ ।
२। वृष राशीः ‘बेष्ट फ्रेन्ड फर एभर’
वृष राशी भएका महिलाहरु जब कोही व्यक्तिसँग साथी बन्छन् उनीहरुको सम्बन्ध सधैँभरिको लागि हुन्छ । कोही महिलाहरु त निकै वर्षसम्म पनि समथी भइरहने गर्दछन् । यी महिलाहरुको धेरै साथीहरु हुँदैनन् । सिमित वयक्तिहरुलाई मात्र साथी बनाउने वृष राशीका महिलाहरु साथीसँगको सम्बन्धलाई निकै राम्रो तरिकाले निर्वाह गर्ने गर्दछिन् ।
३। मिथुन राशीः यी महिलाहरु राम्रो साथी
मिथुन राशी भएका माहिलाहरुको वाककलाको क्षमता निकै राम्रो हुने भएका कारण उनीहरुलाई वुद्धिजीविहरुसँग सम्बन्ध बनाइराख्न निकै मनपर्छ । विशेष गरि साथीहरुबिच समन्वय बनाइराख्नमा उनीहरु निकै पोख्त हुनेगर्दछन् । साथीहरुबिच यी राशी हुने महिलाको मनमुटाव निकै कम हुने गर्दछ ।
४। कर्कट राशीः
कर्कट राशीका महिलाहरु जोसँग साथी बन्दछन् उनीहरु साथीलाई आवश्यकभन्दा बढि नै ध्यानमा राख्ने गर्दछन् । यदि तपाईं समस्यामा हुनुहुन्छ भने यी महिलाहरुले तपाईंको साथ कहिले पनि छोड्ने छैनन् । यो राशीका महिलाहरु आफ्नो भावना व्यक्त गर्न कहिले पनि पछि पर्दैनन् । आफूलाई भने त्यति ध्यान नदिने यी महिलाहरु कहिलेकाँही निकै रुखो व्यवहार गर्ने गर्दछन् ।
५। सिंह राशीः
सिंह राशी भएका महिलाहरु आफ्नो साथीको बारेमा आवश्यकभन्दा धेरै सोच्ने गर्दछन् । यदि सिंह राशी भएका महिलाहरुसँग तपाईंको झगडा भएमा केहि बेरपछि नै उनीहरु तपाईंकोमा आएर माफी माग्ने गर्दछन् । यी महिलाहरु आवश्यकभन्दा बढि नै सामाजिक हुने गर्दछन् । साथीहरुका लागि केहि गर्नका लागि यी महिलाहरु सदैव उत्साहित हुने गर्दछन् ।
६। कन्या राशीः
कन्या राशीका महिलाहरु आफ्ना साथीको प्रत्येक कुराको हिसाब राख्ने गर्दछन् । आफूले चाहेको जस्तो नभएमा उनीहरुको व्यवहार कहिलेकाँही निकै कडा पनि हुने गर्दछ तर उनीहरु मनबाट नराम्रा भने हुँदैनन् । कन्या राशी भएकी महिलासँग साथी बन्दा तपाईंले कहिले पनि पछुताउनु पर्दैन । सल्लाह दिने कुरामा पनि यिनिहरु अग्रस्थानमा हुने गर्दछन् ।
७। तुला राशीः
तुला राशीका महिलाहरु निकै शान्त किसिमका हुन्छन् । साथीहरुको गल्तीलाई सधैँ माफी दिने यस्ता महिलाहरु राम्रो साथी मात्र बनाउन रुचाउँछिन् । उनीसँग राम्रो व्यवहार गर्नुहुन्छ भने उनको व्यवहार पनि तपाईंप्रति सधैँ राम्रो नै हुने गर्दछ भने तपाईंको व्यवहारमा रुखोपन आउन थालेमा उनी पनि रुखो हुनुसट्टा तपाईंबाट टाढा जान रुचाउँछिन् । उनी आफ्नो साथीको मनपर्ने– मननपर्ने कुराको बारेमा पनि ध्यान राख्ने गर्दछिन् ।
८। वृश्चिक राशीः
वृश्चिक राशीका महिलाहरु जति राम्रो साथी बन्न सक्छन् त्यति नै ठूलो दुश्मन पनि । आफूमाथि गरेको सहयोगलाई कहिले पनि नर्बिसने यी महिलाले कसैलाई सहयोग त्यतिबेला गर्दछिन् जतिबेला उनले पनि आफूलाई गर्ने पक्का हुन्छिन् । उनीहरु साथीको छनौट पनि निकै सोचेर गर्ने गर्दछन् ।
९। धनु राशीः
धनु राशीका महिलाहरु आफ्नो सम्बन्धमा कहिले पनि चिसोपन आउन दिँदैनन् । साथीहरुसँग झगडा हुँदा उनको गल्ती नहुँदा पनि उनी आफैँ माफी माग्न पछि पर्दिनन् । अर्थात उनी साथीहरुलाई फकाउन ढिलो गर्दिनन् । साथीहरुबिच भेदभाव नगर्ने यस्ता माहिलाहरु तुला र कुम्भ राशीका व्यक्तिहरुसँग बढि मिल्ने गर्दछन् ।
१०। मकर राशीः
यी महिलाहरु साथी बनाउँदा जति मनले बनाउँछन् त्यति नै दुःखी साथीसँगको सम्बन्ध टुट्दा हुने गर्दछन् । साथीहरुलाई सल्लाह दिनमा निकै अग्रसर हुने यी महिलाहरु साथीहरुको राम्रोको लागि जे पनि गर्न तयार हुन्छन् । यी महिलाहरु निकै सामाजिक हुने गर्दछन् र उनीहरुको सम्बन्ध वृश्चिक र मीन राशीका व्यक्तिहरुसँग राम्रो हुने गर्दछ ।
११। कुम्भ राशीः
कुम्भ राशीका महिलाहरु निकै सजिलै साथी बन्न सक्छन् । उनीहरु हरेक व्यक्तिका लागि राम्रा साथी हुनेछन् । उनीहरुको समूहमा उनलाई धेरैजसोले आफ्नो ‘बेष्ट फ्रेन्ड’ मान्ने गर्दछन् । आफूलाई निकै गाह्रो भएता पनि साथीहरुको भावनालाई कहिले पनि ठेस पुर्याउँदैनन् । यस्ता महिलाहरु आफ्ना प्रत्येक कुराहरु साथीलाई बताउने गर्दछन् । उनीहरुको सबैभन्दा राम्रो साथी तुला राशीका मानिसहरु हुने गर्दछन् ।
१२। मीन राशीः
यदि मीन राशी भएकी महिलासँग साथी बन्दै हुनुहुन्छ भने एउटा कुरा ध्यानमा राख्नुहोस्, ‘उनीहरुलाई आफ्नो निजी जिन्दगीमा कुनै पनि हस्तक्षेप मान्य छैन’ । तपाईं उनीहरुसँग जति नै मिल्नुहोस् उनीहरुले केहि न केहि कुरा त पक्कै पनि लुकाएर राखेका हुन्छन् । मीन राशीका महिलाहरुको मुड कहिले परिवर्तन हुन्छ त्यो पनि थाहा पाउन मुश्किल हुन्छ । सबभार रातोपाटी

Post a Comment