लण्डन, भदौ १५ – चेल्सीले एभर्टनलाई हराउँदै यस सिजन इंग्लिस प्रिमियर लिगमा आफ्नो शत प्रतिशत रेकर्ड कायम राखेको छ । गोलको वर्षा भएको खेलमा चेल्सीले एभर्टनलाई ६–३ गोल अन्तरले हराएको हो । एभर्टनको गृह मैदानमा भएको चेल्सीले शुरुवाती मिनेटमा नै अग्रता लिएको थियो । डिएगो कोस्टाले चेल्सीका लागि गोल गर्दै अग्रता दिलाए । लगातार तीन खेलमा उनको यो तेस्रो गोल हो । त्यस लगत्तै खेलको तेस्रो मिनेटमा ब्रानिस्लाभ इभानोभिचले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए ।
तर, पहिलो हाफ सकिन केही समय बाँकी रहँदा केभिन मिरालेसले उत्कृष्ट गोल गर्दै चेल्सीका अग्रतालाई आधा बनाए । निकै प्रतिस्पर्धात्मक भएको खेलको दोस्रो हाफमा सेमस कोलम्यानले आत्मघाती गोल गर्दै चेल्सीको अग्रता फेरि बढाए । त्यसलगत्तै खेलको ७४ औं मिनेटमा निमान्जा माटिचले चेल्सीका लागि अर्को गोल गरे र खेल ४–२ को अवस्थामा पुग्यो । त्यसको दुई मिनेटपछि नै स्यामुयल इटोले आफ्नो पूर्व क्लबविरुद्ध गोल गर्दै खेल ४–३ को स्थितिमा ल्याए । तर, यो पनि धेरै लामो टिक्न सकेन र पुनः चेल्सीका लागि रामिरेजले गोल गर्दै दुई गोलको अग्रता कायम राखे । खेलको अन्तिम मिनेटमा डिएगो कोस्टाले पुनः गोल गर्दै चेल्सीलाई ६–३ गोल अन्तरले विजयी बनाए । साभार रातोपाटी

Post a Comment