गोरखा, भाद्र १४ –आरुघाटबाट गोरखा बजार आउदै गरेको ना ४ ख १३९५ नं.को बस बगुवाको खाञ्चोक दारेगौडामा आज विहान ११ बजे दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । घटनास्थलमा ३ जना र उपचारको लागि ल्याउदै गर्दा १ जनाको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । मृत्यु हुनेहरुमा गोरखाको गुम्दा गाविसका सरीता गुरुङ, गोरखाको तान्द्राङ गाविसका सम्झना सुर्खेती, गोरखा आरुघाटका योजना श्रेष्ठ र ऐश्वर्य श्रेष्ठ रहेका छन् । गम्भिर घाइतेहरुमध्ये ६ जनालाई हेलीकप्टरमा थप उपचाराको लागि काठमाण्डौं पठाइएको छ भने १४ जनालाई भरतपुर अस्पतालमा पठाइएको छ । अन्य घाइतेहरुको भने गोरखा अस्पतालमा नै उपचार भइरहेको छ । घाईतेहरुको उद्दारको लागि गोरखा बजारबाट गएको एम्बुलेन्सहरु हिलाम्मै सडकमामा नै फस्दा उद्दार कार्यमा ढिलाई भएको थियो । घाइतेहरुको उद्दारको लागि गोरखा सदरमुकामबाट सुरक्षाकर्मीसँगै गोरखा अस्पतालबाट स्वास्थ्यकर्मीको टोली घटनास्थलमा गएको थियो । स्थानीय बासिन्दा र सुरक्षाकर्मीले घाइतेहरुको उद्दार गरेको थियो । गोरखाका ग्रामिण सडकहरु साघुरो कच्ची सडक भएको कारण सडक दुर्घटना पटकपटक दोहोरिरहेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment