गोरखा श्रावण २८ –एकीकृत माओवादी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले गोरखाको भूम्लिचोकमा दुई चेपाङ बालिकालाई बलात्कार गर्नेलाई कडा कारवाही गर्न माग गरेको छ । संघका अध्यक्ष शोभा लामिछानेको नेतृत्वमा आज प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेललाई ज्ञापन पत्र बुझाउदै दोषि उपर कडाभन्दा कडा कारवाही गर्न माग गरेको हो । ज्ञापनपत्रमा उक्त बलात्कारको घटना क्रुर भएको भन्दै घटनाले आफुहरु स्तब्ध भएको जनाइएको छ ।
विज्ञप्तिमा जिल्लामा पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाहरु बढ्दै गएको भन्दै यस्ता घटनाका अपराधीहरुलाई कडा कानुनी कारवाही गर्न माग गरेको छ । त्यसैगरी अपराधीहरुलाई कुनैपनि हालतमा उन्मुक्ति नदिन र आगामी दिनहरुमा यस्ता घटनाहरु घट्न नदिन अन्य उपायहरु पनि अपनाउन जिल्ला प्रशासन कार्यालयलाई ध्यानकार्षण गराइएको छ । साउन ७, ८ र ९ गते सात वर्षीय र नौ वर्षीय चेपाङ दिदीबहिनीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भूम्लिचोकका सुदिप थापालाई शुक्रबार पक्राउ गरी अनुसन्धान गरीरहेको छ । चेपाङ दिदीबहिनीलाई थापाले करणी गरेको भन्दै पीडितका हजुरआमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका थिए ।

Post a Comment