गोरखा श्रावण २८ –महिला तथा बालबालिका कार्यालय, गोरखाले आज लैंगिक हिंसा पीडित महिलालाई औषधि उपचारको लागि २ हजार रुपैया सहयोग गरेको छ । श्रीमानले कान्छी श्रीमती ल्याएपछि एक्लै बस्दै आएकी नारेश्वर ८ की मखनादेवी बस्नेतलाई महिला विकास कार्यालय अन्तर्गतको लैंगिक हिंसा राहतकोषबाट औषधोउपचारको लागि सो रकम प्रदान गरिएको हो । राहत रकम हस्तान्तरणको लागि प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल, प्रहरी नायव उपरीक्षक रमेश थापा, महिला विकास कार्यालय प्रमुख सीता अधिकारी र कोशिस नेपालका सामाजिक कार्यकर्ता रविन्द्र कुँवर पीडितकै घरमा पुग्नु भएको थियो ।  दम रोगबाट पीडित बस्नेतको आर्थिक अवस्था ज्यादै नै कमजोर रहेको छ ।

Post a Comment

 
Top