गोरखा श्रावण २२ – गोरखा नगरपालिका ४ का विभिन्न ठाउँहरुमा विद्युत अवरुद्ध भएको आज १० दिन पुगेको छ । विद्युत अबरुद्ध हुदा त्यस क्षेत्रमा सञ्चालनमा रहेको कुखुरा पालन व्यवसायमा असर परेको स्थानियले गुनासो गरेका छन् । कुखुरा पालनको लागि रातको समयमा बत्तिको समस्या भएपछि कुखराले प्रयाप्त मात्रामा दाना नखादा कुखराको  तौल घटेको कुखरा पालन व्यवसाय संञ्चालन गरेका एक व्यवसायीले जानकारी दिनुभयो ।
बत्तिको कारण व्यवसायमा घाटा लाग्ने भन्दै कखुरा फर्म सञ्चालकहरु चिन्तित बनेका छन् । त्यस क्षेत्रमा ८ , ९ वटा घरेलु कुुखुरा फार्म सञ्चालनमा रहेका छन् ।  बत्ति अवरुद्ध हदा मोवाइल चार्ज गर्न पनि समस्या भएको स्थानियको भनाई छ । मान्द्रे ढुङ्गामा रहेको ट्रान्समिटर बिग्रिएकोले विद्युत अबरुद्ध भएको हो । जसका कारण नगरपालिका ४ को मान्द्रे ढुङ्गा, अमराई, नाङ्लेपानी, अमलापानी, रिप लगायतका ठाउँमा विद्युत अबरुद्ध भएको छ । गोरखामा ट्रान्समिटरको स्टक नभएको कारण केहि दिन पहिले हेटौडा गई ट्रान्समिटर बनाएर ल्याएको तर नचले पछि बनाउन फेरी हेटौडा लगेको विद्युत प्राधिकरण गोरखाले जनाएको छ ।
हेटौडाबाट आज साझसम्म ट्रान्समिटर गोरखा आइपुग्ने र भोलीबाट त्यस क्षेत्रमा विद्युत सुचारु हुने प्राधिकरण प्रमुख सुरेश महतोले बताउनुभएको छ । ट्रान्समिटरको हिटिङ मेसिन बिग्रिएको र यसलाई बनाउन एकहप्ता देखी  १० दिन सम्म लाग्ने भएकाले
विद्युत आपुर्ति हुन केही समय लागेको महतोको भनाई छ ।

Post a Comment

 
Top