गोरखा श्रावण २२ –नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला संघ गोरखाको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघको ६७ औ स्थापना दिवसको अवसर पारेर भावि संविधानमा महिलाका सवालहरु नामक बिषयमा अन्तरक्रिया कार्यक्रम आज गोरखाको जिल्ला विकास समितिको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल महिला संघ गोरखाका अध्यक्ष रविकला खनालको अध्यक्षता र नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सविंधान सभाका सदस्य कमला पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अधिवक्ता शर्मिला श्रेष्ठले भावि सविंधानमा महिलाका सवालहरु बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपाली कांग्रेस गोरखाका उप–सभापति मोहन पोख्रेल, अन्तरपार्टी महिला संञ्जाल गोखाको अध्यक्ष सम्झना देवकोटा, नेपाल बार एसोसियसन गोरखाका अध्यक्ष स्थानेश्वर दवाडी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा गोरखाका अध्यक्ष भिमलाल श्रेष्ठ, गैर सरकारी संस्था महासंघ गोरखाका सदस्य मिना अधिकारी, नेपाली कांग्रेस क्षेत्र नं.२का सचिव गोविन्द गुरुङ्ग, क्षेत्र ३ का उपाध्यक्ष ठाकुर भट्ट लगायतले कार्यपत्र माथी टिप्पणी गर्नुभएको थियो ।
Post a Comment