(एजेन्सी) महिनावारी, प्रत्येक महिलाको जिन्दगीमा हरेक महिनाको पाँच सबैभन्दा खराब दिन हुने गर्दछ जब महिलाले नराम्रो शारिरिक स्थितिमा सबैकुराको प्रबन्ध मिलाउनु पर्ने हुन्छ । यति बेला महिलाको शरिरमा थुप्रै परिवर्तनहरु आउने गर्दछ जसले शरिरलाई बढाउन मद्दत गर्छ र परिपक्क बनाउँने गर्दछ । महिनावारीको सुरुवात, किशोरीहरुमा ९ देखि १७ वर्षको बिचमा हुने गर्दछ । यदि १७ वर्षपछि पनि कुनै किशोरी महिनावारी भइनन् भने यो समस्याको विषय हुनेछ । कुनै महिला महिनावारीलाई निकै प्रतिक्षा गरेर बसिरहेका हुन्छन् भने कसैले यसलाई घिनलाग्दो मान्छन् । महिनावारी महिलाहरुको प्रजनन क्षमतालाई विकास गर्ने एउटा माध्यम हो । महिनावारी भएमा महिलाको प्रजनन क्षमता सहि भएको बुझ्नुपर्छ । यतिबेला महिलाको शरिरमा थुप्रै परिवर्तन हुने गर्दछ जसको बारेमा तपाईंलाई तल उल्लेखित बुँदाहरुले जानकारी दिन्छ ।
- नयाँ रुपः महिनावारी भएको बेला महिलाको शरिरमा केहि परिवर्तन हुने गर्दछ जसका कारण उनको रुपमा परिवर्तन हुने गर्दछ । महिनावारी भएको बेलामा पेटको आकार त्रिकोण जस्तो देखिन्छ र यहि दिनमा नै महिलाको स्तन बढ्ने गर्दछ ।
- डण्डिफोरः महिलाहरुमा यो समस्या निकै सामान्य हुने गर्दछ । महिनावारी भएको बेलामा हर्मोनमा परिवर्तन हुने भएका कारण डण्डिफोर आउने गर्दछ । महिनावारी भएको अन्तिम हप्तामा यस्तो हुने गर्दछ । यद्यपी, यस्तो सबैलाई हुनुपर्छ भन्ने आवश्यक छैन ।
- पीएमएसः पीएमएस अर्थात प्रिमेन्ट्रुअल सिम्टम । आजकालको व्यस्त जिन्दगीमा पीएमएसको समस्या हुनु साधारण भइसकेको छ । यो महिनावारी हुनुभन्दा अघिको लक्षण होः – स्तन टाइट हुनु र दुख्नु – रिस उठ्नु
- ऐठनः वयस्क महिलाहरुलाई महिनावारी भएको बेलामा ऐठनको समस्या निकै हुने गर्दछ । कुनै पनि वयस्क महिलाले महिनावारीको दौरान हुने ऐठनलाई रौँ खडा गरिदिने भावना भन्ने गर्दछन् । यस्तो प्रकारको शारिरिक परिवर्तनलाई केहि गरेर पनि रोकथाम गर्न सकिँदैन र यस्तो समस्या महिलाले प्रत्येक महिना सहनुपर्ने हुन्छ ।
- कसरी स्वस्थ रहनेः महिनावारी भएको बेलामा सबै महिलाले आफ्नो शरिरको विशेष ध्यान दिनुपर्ने हुन्छ । हरियो सागसब्जी र सूपहरु खानुपर्छ र व्यायामका साथसाथै योगा गर्नुपर्छ । महिनावारीको पिडा सहनका लागि मानसिक रुपमा तयार हुनुपर्छ किनभने यदि तपाईंले झेल्नुभएन भने अरु कसले झेल्छ ? साभार नेपाली खबर साईट
Post a Comment