पहिचान सहितको  संघिय संविधान निर्माणको लागि गोरखामा संघिय गणतान्त्रिक मोर्चा गठन भएको छ । एकिकृत नेकपा माओवादि र संघिय समाजबादि पार्टी नेपालको संयूक्त बैठकले लेख बहादु थापा मगर संयोजक रहने गरि ११ सदस्यीय मोर्चाको जिल्ला समिति गठन गरेको छ । जसको सदस्यहरुमा सुकदेव तामाङ, विष्णु भट्ट, कमला नहर्की, राम बहादुर रम्तेल, हितमान सुर्खेती राम बहादुर ढकाल, दिपक तिमिल्सीना, मित बहादुर राना, गौतम गुरुङ र  नारायण बाबु रेग्मी रहेका छन् ।
मोर्चाले पहिचान पक्षधर पार्टी संघ संस्था संग सहकार्य गर्ने र संघियता विरोधिहरुको भण्डाफोर गर्ने निर्णय गरेको छ । भेला एकिकृत नेकपा माओवादी गोरखाका अध्यक्ष लेख बहादुर थापाको अध्यक्षता र एनेकपा माओवादिका केन्द्रिय परिषद् सदस्य शुसिला सिंखडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

Post a Comment

 
Top