गोरखा नगरपालिका कार्यालयले आर्थिक बर्ष २०७०÷०७१ मा विविध गतिविधिहरुबाट ७ करोड ९ लाख २८ हजार ६ सय ५७ रुपैया ५९ पैसा आम्दानी  भएको जनाएको छ । आज भएको नगरपालिकाको योजना तथा कार्यक्रमहरुको बार्षिक समिक्षा गोष्ठीमा प्रस्तुत प्रतिवेदनमा सो रकम आम्दानी भएको उल्लेख छ ।  पुजींगत तर्फ १ करोड २१ लाख ९९ हजार ६ सय ११, नेपाल सरकारको अनुदान बाट १ करोड ६६ लाख ८७ हजार ९ सय ४२ रुपैया २४ पैसा, चालु तर्फ ४४ लाख ८८ हजार ३ सय ३१ रुपैया २४ पैसा, सामाजिक सुरक्षा कार्यक्रम बाट ७६ लाख ९० हजार आन्तरिक आय तर्फ १ करोड ४३ लाख ९७ हजार ४ सय ६ रुपैया ७७ पैसा र अन्य आय ३ करोड २१ लाख ५३ हजार ३ सय ८ रुपैया ५८ पैसा गरी कुल ७ करोड ९ लाख २८ हजार ६ सय ५७ रुपैया ५९ पैसा आम्दानी  भएको जनाएको छ ।
त्यस्तैगरी आर्थिक बर्ष ०७०÷७१ मा ६ करोड २६ लाख ३१ हजार ८७ रुपैया १३ पैसा खर्च भएको कार्यालयले जनाएको छ । यही आर्थिक बर्षमा नगरपालिकाको १२ लाख ४३ हजार ५७ रुपैया ७६ पैसा रकम फ्रिज भएको छ । कुल बजेटको ७ प्रतिशत रकम फ्रिज भएको हो । हाल कार्यालयको खातामा ८२ लाख ९७ हजार ५ सय ७० रुपैया ४६ पैसा बाँकी रहेको छ । आर्थिक बर्ष २०६९÷७० को तुलनामा यो आर्थिक बर्षमा कार्यालयको आम्दानीमा बृद्धि भएको छ । यो बर्ष ४३ दशमलब ५ प्रतिशत बृद्धि भएको छ । अघिल्लो आर्थिक बर्षमा ९९ लाख २६ हजार २ सय ७८ रुपैया २८ पैसा रहेको थियो ।
आर्थिक बर्ष ०७०÷७१ मा कार्यालयको समग्र रुपमा ८९ दशमलव ६९ प्रतिशत प्रगति  भएको छ । समिक्षा गोष्ठिमा सहभागि विभिन्न संघ संस्थाका सहभागिहरुले नगरपालिको काम कारवाही प्रति गुनासो गरेका छन् । नगरपालिकाले लक्षित वर्ग सम्म विकास निर्माणका गतिविधि सञ्चालन गर्न नसकेको जहाँ सहज, सजिलो छ त्यहि मात्र विकासका योजनाहरु सञ्चालन भएको आरोप लगाएका छन् ।
गुनासोहरुलाई सम्वोधन गर्दै नगरपालिकाका कार्यकारी निर्देशक दिनेश राज पन्तले नगरपालिकाबाट गुणस्तरिय सेवा सुविधा उपलव्ध गराउन अन्य सरकारी संघ संस्थाहरुले सहयोग नगरेको बताउनुभएको छ ।नगरपालिकाले अबको केही दिन भित्रै फुटपाथ व्यवस्थापन गर्ने पनि जनाएको छ । नगरपालिकाको सम्पूर्ण गतिविधिको बारेमा अब वयेव साइटबाट जानकारी लिन सकिने भएको छ । जसका लागि धधध।न्यचपजबmगल।नयख।लउ लग इन गर्नुपर्ने छ ।

Post a Comment

 
Top