गोरखा श्रावण २८ –गोरखामा पश्चिमाञ्चल क्षेत्रीय महिला उद्यमी हस्तकला प्रदर्शनी एवं दोस्रो तीज मेलाको ९० प्रतिशत तयारी पुरा भएको छ । गोरखा उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजनामा बुधबार भएको पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । साउन ३० गतेदेखि भदौ २ गतेसम्म चल्ने मेलाको नेपाली कांग्रेसका सभासद कमला पन्तले उद्घाटन गर्नुहुने आयोजकले जनाएको छ । मेलामा लोक गायिका शोभा त्रिपाटी, लोकगायक रामचन्द्र अर्याल, जीवन दाहाल र स्थानीय कलाकारहरुले मनोरञ्जन दिलाउने आयोजकले जनाएको छ । २० ओटा स्टल रहने मेलाको करिब ११ लाख खर्च लाग्ने अनुमान गरिएको छ । बुधबार भएको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल, सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक कुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रविण ढकाल, उद्योग वाणिज्य संघका अध्यक्ष भगतवावु जोशी लगायतको उपस्थिति रहेको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment