गोरखा श्रावण २८ –नेपाल सरकारले चालु आर्थिक बर्षमा गोरखाको विकासका लागि ४ सय ६ वटा केन्द्रिय योजनाहरु सञ्चालन गर्ने भएको छ । सरकारले गोरखाको विकासका लागि केन्द्रबाट नै सम्बोधन गर्ने गरी २९ वटा शिर्षकमा ४ सय ६ वटा योजनाहरुलाई रातो कितावमा आबद्ध गरेको छ । जसमा सबैभन्दा धेरै सिञ्चाईका १ सय २७ वटा योजनाहरु सञ्चालन गर्नेछ भने त्यसपछि सडकलाई प्राथमिकता दिईएको छ । यो बर्ष सडक तर्फका ७१ वटा योजनाहरु सञ्चालन हुनेछन् । चालु बर्षमा गोरखाका सबै योजनाहरुका लागि १ अर्व १८ करोड ९७ लाख ११ हजार २ सय रुपैयाँ विनियोजन भएको छ । सरकारले स्वास्थ्य, पोषण तथा जनसंख्या सम्बन्धी १२, संघीय मामीला तथा स्थानीय विकास, समावेशीकरण र निक्षेपणका १८, टार÷बजार संरक्षण कार्यक्रमका ७, जल उत्पन्न प्रकोप न्यूनिकरण सहयोग कार्यक्रमका ३, नदी नियन्त्रण कार्यक्रमको एक, सिञ्चाई आयोजनाका १ सय २७, शिक्षाका १३, शान्ति, पुनर्निर्माण, पुनस्र्थापना तथा पुनर्एकीकरण कार्यक्रमका २ वटा योजनाहरु सञ्चालन हुने जनाएको छ । यस्तै खानेपानीका ५१, भवन आवास तथा सहरी विकासका ३०, युवा तथा खेलकुदका ४, लैङ्गीक समानता तथा समावेशीकरणका ६, सडक तथा सडक पुलका ७१, भूमिसुधार तथा व्यवस्था १, वैकल्पिक÷नविकरणीय ऊर्जा १०, वाणिज्य तथा आपूर्ति १, वन तथा भू–संरक्षणका ५ वटा योजना पनि यसैबर्ष सञ्चालन हुनेछन् । संस्कृति प्रबद्र्धन कार्यक्रमका लागि १५, पुरातात्विक संरक्षण ५, पर्यटन पुर्वाधार विकास आयोजना ७, उर्जा विकासका २, उद्योगको १ र कृषि तथा खाद्य सुरक्षाका १४ वटा योजनाहरु पनि योबर्ष सञ्चालन हुने रातो कितावमा उल्लेख छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment