गोरखा श्रावण ६ एक वर्ष मालपोत कार्यालय, गोरखाद्वारा २ करोडभन्दा बढी राजस्व संकलन, महिला, दलित, अपाङ्ग र वृद्धलाई ३३ लाख भन्दा बढी राजस्व छुट दिएको कार्यालयको दावी
 आर्थिक वर्ष २०७०÷०७१ मा मालपोत कार्यालय गोरखाले २ करोड ६ लाख ६३ हजार ५ सय ४२ रुपैया राजस्व संकलन गरेको छ । कार्यालयले जग्गा रजिष्ट्रेसन शुल्क वापत १ करोड ८० लाख ७७ हजार ८ सय ९२ रुपैया, सेवा शुल्कबाट २३ लाख २ हजार १ सय रुपैया,  जग्गा धनी पुर्जा बिक्रीबाट १ लाख ३१ हजार रुपैया राजस्व संकलन गरेको छ । त्यसैगरी फाराम बिक्रीबाट ७८ हजार रुपैया, दण्ड जरीवाना वकसपत्रवापत ७४ हजार ५ सय ५० राजस्व संकलन गरेको छ ।
कार्यालयले ग्रामिण क्षेत्रमा भन्दा नगर क्षेत्रबाट बढी जग्गा रजिष्ट्रेसनको राजस्व संकलन गरेको मालपोत अधिकृत रघुनाथ फुयालले जानकारी दिनुभयो । उहाँको अनुसार ग्रामिण क्षेत्रबाट ८७ लाख ३७ हजार ८ रुपैया र नगर क्षेत्रबाट ९३ लाख ४० हजार ८ सय ८४ रुपैया जग्गा रजिष्ट्रेसनको राजस्व संकलन भएको छ ।
अधिकृत फुयालका अनुसार एक वर्षमा कार्यालयले महिला, दलित, अपाङ्ग र वृद्धलाई घरजग्गा पास गर्दा ३३ लाख १३ हजार ५ सय ३९ रुपैया राजस्व छुट दिएको छ । 
आर्थिक वर्ष २०७०÷७१मा सरकारले १ करोड २९ लाख ९५ हजार जग्गा रजिष्ट्रेसनवापतको राजश्व उठाउने लक्ष्य राखेकोमा कार्यालय लक्ष्यभन्दा ५० लाख ८२ हजार राजश्व संकलन गरेको अधिकृत फुयालले जानकारी दिनुभयो । अधिकृत फुयालका अनुसार कार्यालयमा कम्प्युटराइज्ड प्रणालीबाट काम गरीने र दरवन्दी अनुसारको कर्मचारी भएको कारण सर्वसाधारण जनताको काम छिटो छरितो हुने गरेको बताउनुभयो ।

Post a Comment

 
Top