रेडियो मातृभूमी
गोरखा १३ साउन । यातायात व्यावसायी समिति गोरखाले राजनैतिक पार्टीका नेताहरुलाई गाडिको रुट वितरण गरेपछि आज विहानै देखि यहाँका मजदूरहरु सिट छोड आन्दोलनमा उत्रेका छन् । मजदूरहरुको आन्दोलनका कारण विहानै देखि गोरखाबाट विभिन्न ५२ रुटमा छुट्ने गाडिहरु चलेका छैनन् । मजदूरले आन्दोलन गर्नु जायज नभएको समितिका अध्यक्ष नारायण खत्रीले बताएका छन् । मजदूरको काम गाडि चलाउने हो गाडि माग गर्ने होईन आन्दोलनलाई जसरी पनि दवाईन्छ खत्रीले भने । अर्को तिर आन्दोलनमा रहेको अखिल नेपाल यातायात मजदुर संघ र स्वतन्त्र मजदुर संगठनले आफूहरुको माग पूरा नभएसम्म गाडि नचलाउने बताएका छन् ।
मजदूहरुलाई गाडिका ५० प्रतिशत रुट परमिट दिनुपर्ने, मजदूरहरुलाई नियुक्तीपत्र दिनुपर्ने, विमाको व्यवस्था गरिनुपर्ने लगायतका सातवटा माग मजदूरहरुले राखेका छन् । गएको साउन ४ गते यातायात व्यावसायी समिति गोरखाका अध्यक्ष खत्रीले मोटो रकम लिएर यहाँ स्थित राजनैतिक पार्टीको नाममा आफै नेत ाबनेर ३२ वटा गाडिलाई रोट परमिट दिएका थिए । नेपाल सरकारले सिण्डीकेट खारेज गरिसकेको भएपनि गोरखामा यातायात व्यावसायी समिति गोरखाले सिण्डीकेट लगाउँदै आएको खत्रीले बताए ।
लामो समयदेखि गोरखामा सेवा सञ्चालन गरेको पृथ्वीराजमार्ग वस यातायात व्यावसायी समितिले समेत गोरखा यातायातको सिण्डीकेटको विरोध गरेको छ । प्रशासनको संरक्षणमा यातायात व्यावसायी समिति गोरखाले राज्यको नियम उलंघन गरेको समितिका सदस्य योगेन्द्र केसीले बताए । गोरखा यातायातको दादागिरी र मजदूरको आन्दोलनका कारण सार्वजनिक सवारी साधनको प्रयोग गरि यात्रा गर्ने यात्रुहरु मर्कामा परेका छन् । तत्काल मजदूरहरुको माग पूरा गर्न यातायात व्यावसायी समिति गोरखालाई सरोकारवाला निकायहरुले आग्रह गरेपनि उनीहरु दोहोरो झडपमा उत्रने तयारी गरेका छन् ।
मजदूर र व्यावसायी वीच झडप हुन सक्ने स्थितिलाई मध्यनजर राख्दै जिल्लामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । परिस्थिति के हुन्छ थाहा छैन तर नियमित भन्दा धेरै सूरक्षाकर्मी परिचालन गरिएको प्रहरी निरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
Post a Comment