गोरखा, २८ असार । गोरखामा वहु विवाह गर्ने जोडिको संख्या चार हजार ६ पुगेको छ । पुन विवाह गरेका जोडिको संख्या ६ हजार ७८ पुगेको आज आयोजित एक कार्यक्रममा बताइएको छ । सम्बन्ध विच्छेद गर्नेहरुको संख्या ४०६ र छुट्टिएका संख्या ५७६ रहेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । गोरखाको जनसंङ्ख्या विषयक अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य प्रमुख विश्वराम श्रेष्ठले जिल्लाको जनसंख्या घटिरहेको बताउनुभएको छ । गोरखाको जनसंख्या घट्दो दर ०.०६१ प्रतिशत रहेको श्रेष्ठले बताउनुभयो । बहु विवाह र बालिका भ्रुण हत्याका कारण जिल्लमा पूरुषको तुलनामा महिलाको जनसङ्ख्या घटिरहेको उहाँले बताउनुभयो । जिल्लामा विधुर विद्युवाहरुको सङ्ख्या नौ हजार २८१ रहेको छ । विवाह नगरेका मानिसहरुको जनसङ्ख्या ७४ हजार ७१८, पहिलो पटक विवाह गरेका जोडिको सङ्ख्या एक लाख २३ हजार ९२५ रहेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment