कलाकारदेखि निर्माता हुँदासम्मको संघर्ष र अनुभव
नेपालमा कलाकारको अवस्था पहिलाको भन्दा सुध्रिएको छ । तर पनि कलाकारले जति इज्जत र सम्मान पाउनुपर्ने हो त्यति भएको छैन । रिल लाइफदेखि रियल लाइफसम्म जसरी जिउनुपर्ने हो त्यो भइरहेको छैन । कला क्षेत्र खस्किएर गएको अवस्था छ । कलाकारिता क्षेत्र ठूलो उद्योगको रुपमा आउनुपर्ने थियो । त्यो अलि कम भएको कारणले पनि सोचेअनुरुप भइरहेको छैन । बलिउड, हलिउडमा कलाकार भन्ने वितिकैै सवैभन्दा बढी कमाइ हुने, इज्जत हुने क्षेत्र मानिन्छ भने नेपालमा कलाकार भन्ने वितिकै सवैबाट हेपिएको क्षेत्र जस्तो लाग्छ । अरु क्षेत्रलाई मानिसहरुले इज्जत दिएको देखिन्छ । कलाकारहरु हेरिरहेका छन, यो कुरालाई हामी आफैले मेन्टेन गर्न जरुरी छ ।
कलाकार वर्गीकरणको कुरा केहीसमय अघि उठेको थियो । त्यसबेला कसैकसैले कलाकारको पनि वर्गीकरण हुन्छ र रु भन्ने आवाज उठाए । वर्गीकरण हुन नदिने कुरा गर्नुभयो । तर त्यो वर्गीकरण भन्दा पनि उहाँहरुको स्थान र उहाँहरुले गर्नुभएको योगदान छुट्याउने काम थियो जस्तो लाग्छ मलाई । कलाकारको वर्गीकरणको कुरा मलाई चाँही मन परेको थियो । नयाँलाई जुनियर कलाकार भन्नुपर्यो, सिनियर कलाकारलाई सिनियर कलाकार नै भन्नुपर्यो । त्यो भइदिएको भए अलिकति भएपनि कलाकारले सम्मान पाउँने ठाउँ हुने थियो कि
कतिस्टेप पार गरिसकेपछि उसले मुख्य कलाकार हुन पाउँने भन्ने जस्ता नियम भइदिएको भए नेपाली फिल्मी क्षेत्रको विकासमा सहयोग पुग्ने थियो कि रु नयाँलाई एकै चोटी स्क्रीनमा ल्याउँदा भन्दा पनि सिकाएर, फिल्मी भाषा बुझाएर ल्याउदा राम्रो हुने थियो कि रु भारतमा एउटा नयाँ हिरो आउँदा उसले सवै तालिम प्राप्त गरेर आउँछ । त्यसैले उसको प्रस्तुती परिपक्व हुन्छ । उसले दश वटा फिल्म खेलेर आएको जस्तो देखिन्छ । यहाँ पनि त्यस्तो भएको भए बाहिरबाट दर्शकले हेर्ने नजर पनि फरक हुन्थ्यो होला । नयाँ कलाकार आउनुहुन्छ, उहाँहरुले सिकेको हुँदैन, जानेको हुँदैन, हेर्दा नराम्रो देखिन्छ, त्यसैले पनि दर्शकले हामीहरुलाई सम्मान नदिएको हो कि रु
सवै ठाउँमा सेक्स बिक्छ
को कसरी प्रस्तुत हुने भन्ने कुरा कलाकारमा नै भर पर्छ । एक जनाको सपोर्ट र इच्छा पुरा गरेर आएको कलाकार टिकिरहदैन । कसैको पनि इच्छा पुरा नगरी आउनुभएको पनि धेरै हुनुहुन्छ होला । पुरा गरेर आउनुभएको छ भने पनि उहाँहरु टिक्नुभएको छैन होला सायद । काम गर्ने सिप भएर आउँनु र एकै चोटी हाइलाइट हुन्छु भनेर आउनुमा धेरै कुरा फरक पर्छ ।
ग्लामर क्षेत्रमा सेक्स बिक्छ भन्छन । मलाई लाग्छ विश्वमै सेक्स विक्छ । पत्रपत्रिका, अनलाईन जहाँ हेरेपनि सेक्स बिकेकै हुन्छ । चलचित्रमा पनि सेक्स विक्छ । हट सिन छ भने चलचित्र प्रमोशनको एउटा पार्ट बन्छ । रिलमा पनि बिक्छ र रियल लाइफमा पनि बिक्छ ।
चलचित्र निर्माण गर्ने निर्माण पक्षको जव कुरा आउँछ । जो हिरोइन बन्न आउनुहुन्छ । त्यसमा आफ्नो चाहना अनुसार नै पुरा हुन्छ । कसैले चाहना पुरा गर्छन, कसैले गर्दैनन् । कतिपय कुराहरु चर्चाका लागि मात्र पनि गरिएका हुन्छन । सेक्सलाई हामी भित्री कुरा लिन्छौँ, त्यसलाई लुकाइन्छ, त्यसैले जव नहेर भनेपछि हेर्न खोज्छ । हेर्नु हुन्न भनेपछि मानिसलाई बढी कौतुहलता हुन्छ, भएको त्यति मात्र हो । मुख छोपेर टिकट किनेर दर्शकहरु फिल्म हेर्न जानुहुन्छ रे । यो फिल्ममा नराम्रो चीज छ रे भनेपछि त्यो के होला भन्ने बढ्ता कौतुहलता हुने भएपछि त्यो चीजलाई मानिसले बढी प्राथमिकता दिएको हो कि जस्तो लाग्छ ।
हिरोइनसंग रिलेशन बनाउन पनि आउँछन
धेरै सिनियरहरु हुनुहुन्छ । जसले निरन्तर चलचित्र बनाइराख्नुभएको छ । उहाँहरुले आफ्नो पहिचान बोकेर यहाँसम्म आइपुग्नुभएको छ । कति नयाँ हुनुहुन्छ, जो फिल्मी लाइनको चामिङ देखेर आइरहनुभएको छ । कोही भने चलचित्र बनाउँछु, त्यसैको माध्यमबाट हिरोइनहरुसंग रिलेशन मेन्टेन गर्छु भन्ने हिसावले पनि आउनुहुदोरहेछ । मैले चलिचत्र बनाउन लागेको छु भनेपछि सवै हिरोइनहरुलाई बोलाउँने, मेरो फिल्ममा खेल्नुपर्छ भन्ने गरेको पनि देखेँ । हामी त कलाकार हो, कामको कुरा आउँदा जसलाई पनि भेटन जानुपर्ने हुन्छ । यो कलाकारको आफ्नै पीडा हो ।
अर्को चलचित्र क्षेत्रमा लागिराख्ने साथीहरुले निर्माता खोजिराख्नुभएको हुन्छ । उहाँहरुले यस्तो फिल्म बनायो भने हिट हुन्छ । पैसा डवल कमाइ हुन्छ । अथवा यस्तो फिल्म बनायो भने ५–१० लाखमा निर्माण सकिन्छ, एकदमैै राम्रो कमाइ हुन्छ भन्ने हिसावले पनि निर्माताहरु आएको देखियो । पछि गर्दै जाँदा ४०–५० लाख लाग्दा पनि फिल्म नसकिने जस्ता प्रवृतिहरु नेपाली फिल्मी निर्माण क्षेत्रमा छन् । यसलाई हामी फिल्मी क्षेत्रको विकृतिको रुपमा लिन सक्छौँ । यसरी चलचित्र निर्माण हुँदा हामी यही फिल्डमा बसेर रेगलन काम गर्ने फिल्म मेकरहरुले चाँही वास्तविकता बताएर मात्र आउँनुस, चलचित्र बनाउनुहोस भन्छौँ । यदि कोही अनप्रफेस्नल मानिस चलचित्र बनाउन आउनुभयो भने चलचित्र विकास बोर्डले नै त्यो मानिस कस्तो हो भन्ने कुरा हेरिदिनुपर्छ । नीति, नियम, कानुन भइदियो भने चलचित्र उद्योग पनि फस्टाउथो होला । यो फिल्डमा आउने मानिस पनि डुब्नबाट बच्थे होला । अथवा हामी जो निरन्तर काम गरिराखेका छौँ, हामीलाई पनि सम्मान, इज्जत हुन्थ्यो होला । अहिलेसम्मको अनुभवको आधारमा म यस्तो निष्कर्षमा पुगेको छु ।
सजिलो छैन फिल्म बनाउन रु
चलचित्र एक्लै निर्माण गर्नु मेरो लागि अतिनै गाह्रो कुरा हो । ‘मिस नेपाल’ मा लिड हिरोइनको रोल पनि मेरो आफ्नै थियो । कथाबस्तु पनि मेरो आफ्नै थियो । पटकथा सम्वाद चाँही नवल नेपालले गरिदिनुभएको थियो । सुटिङमा प्रोडक्सनको काम पनि म आफैले गरेको थिएँ । मैले जस्तोे जस्तो लोकेशन खोज्थे, मैले जो संग लोकेशनको कुरा गर्नुपथ्र्यो, मैले प्रोडक्सन म्यानेजर पठाएर त्यो कुरा सम्भव थिएन । त्यसैले पनि मैले धेरै नै दुःख गर्नुपर्यो । किन कि मिस नेपालको लोकेशन र कथाबस्तु नै त्यस्तो थियो । सवै कुरा म आफैले गर्नुपर्यो । लगानी पनि ठूलै भयो । गाह्रो थियो, मनले गर्छु भनेर सोचेपछि सजिलो फिल हुदोरहेछ । भगवानले त आट म पुर्याउछु भनेजस्तै मैले आँटे पनि पुग्यो पनि ।
टीममा फिल्म निर्माण गर्नु थेरै राम्रो कुरा हो । दर्शकले हेरेको पैसाले हाम्रो लगानी उठ्दैन । भ्याली बाहिरको हलबाट न्यून मात्र पैसा उठ्छ । ५–६ जना मिलेर ४० लाखको लगानीमा चलचित्र बनाउँदै छौँ भने थोरै लगानी गरेपनि भयो । त्यो रकम उठाउन पनि सजिलो हुन्छ । किन कि जो जो निर्माता हुनुहुन्छ, उहाँहरुले आफ्नो आफ्नो ठाउँबाट च्यारिटी सोको माध्यमबाट, विदेश सो को माध्यमबाट पनि आफनो लगानी उठाउन सक्नुहुन्छ ।
मेरो कारण कोही पनि शोषित हुनु परेको छैन
शोषणका कुराहरु धेरै सुनिन्छन । यौनका कुराहरु बढी नै आउँछन । यो केटाले पनि केटीले पनि गर्छन रे भन्ने कुरा मैले पनि सुनेको छु । मेरो मामिलामा भन्नुहुन्छ भने एक त म म्यारिज मान्छे परेँ, काम गर्न मेरो आफ्नै एउटा ठाउँ छ। मेरो केटा नै केटा साथीहरु छन । सविन, विमलेश, रञ्जन, कल्याण, सुरज, राजु, हिमाल जस्ता धेरै केटा साथीहरु छन । मेरो केटी साथी नै छैनन् । उनीहरुसंग मेरो भावनात्मक सम्बन्ध छ । एकदमै मिल्छौँ हामी, कुराहरु शेयर हुन्छ । शारीरिक सम्बन्धको विषयमा भने कुरा हुँदैन । मेरो आफनो घरपरिवार छ । मेरो श्रीमान म संगै हुनुहुन्छ । उहाँकै सहयोगमा म यहाँसम्म आइपुगेको छु । त्यसकारण मेरो कारण कोहीपनि शोषित हुनुपरेको छैन ।
बाध्यताले सेक्सुयल रिलेशनशिप
कलाकारिताले पर्याप्त रुपमा आर्थिक रुपमा सवल बनाउन सक्दैन भने विभिन्न पेशा व्यवसाय अगाल्नुपर्ने हुन्छ । मेरो कुरा गर्नुहुन्छ भने मेरो श्रीमान बलियो हुनुहुन्छ । मेरो छोरीको कति फि आउँछ मलाई मतलव हुँदैन । पकेट मनी गोजीबाट झिकिदिन्छु । फिल्म बनाउनुपर्यो भने उहाँले झिकेर दिनुहुन्छ । उहाँले मलाई सपोर्ट गरिरहनुभएको छ । तर पनि यो क्षेत्रलाई यति नजिकबाट फिल गर्छु कि त्यो बाट नै मलाई गाह्रो हुन्छ । मन भरिएर आउँछ । आज मेरो स्थानमा पुगेको कलाकारले मेरो श्रीमानको पैसा नलिइ पुग्नुपर्ने हो नि ।
श्रीमानसंग पैसा माग्दा हुने मलाई त यति गाह्रो हुन्छ भने यो फिल्डमा बस्ने अरु साथीहरुलाई कति गाह्रो होला । बाहिर हामी धेरै कुरा सुन्छौँ, यो नायिकाले यो गरि रे, त्यो नायिकाले यो गरि रे । स्ट्याण्डर मेन्टेन गरेन, बाटोमा हिड्यो रे, कहाँ गएर बस्यो रे भन्ने कुराहरु आइरहन्छ । तर उहाँहरुको पीडा पनि त आफ्नै ठाउँमा छ नि । म नायिका हो, तर म संग गोजीमा पैसा छैन भने के गर्ने त रु म पनि त ट्याम्पो चढेर हिड्न बाध्य भए नि । साधारण काम गर्न बाध्य भएँ । जव कुनै विकल्प हुँदैन, अरु काम गर्न जाँदा नायिकाले यस्तो काम गर्ने भनेर लान्छना लगाउने र झन बढी डोमिनेट फिल हुने भएकोले पनि कसैले थाहा नपाउने गरी भित्री रुपमा गर्ने काम अपनाउन बाध्य भएका हुन कि जस्तो लाग्छ । त्यसैले सेक्सुयल रिलेसनशिप अपनाउन बाध्य भएका हुन कि । म हिरोइन हो कि अन्य सेकेण्ड पार्टमा छु भनेर बिर्सनुपर्ने अवस्था आउँदो रहेछ । आवश्यकताले गराउने रहेछ यो सव चीजहरु ।
तपाईले हेर्नुभयो भने अहिले त झन हाइफाई । मोवाइल कसले कस्तो बोकेको छ । कसले कस्तो जुत्ता लगाएको छ । त्यो मेन्टेन गर्न पनि एउटा ठाउँमा पुगेपछि शरीर समेत बेच्न बाध्य पारेको छ जस्तो लाग्छ । भारतमा पनि एउटा नायिकाले यौनकार्य गरिरहेको अवस्थामा पुलिसले रेड हानेको कुरा आएको छ । उसले आफैले कवुल गर्यो कि पैसाको खाँचोले त्यो गरेँ भनेर । त्यही बाध्यता हाम्रो देशमा पनि छ । पैसाको अभावमा यौनकार्य गर्ने नायिकाहरु यहाँ पनि छन । मेरो पनि त्यस्ता धेरै साथीहरु हुनुहुन्छ, जो उद्योगपति हुनुहुन्छ । उहाँहरुबाट पनि यस्तो धेरै कुरा सुन्छु म । सुन्दा मेरो मन झसङ्ग हुन्छ । यस्तो लेवलमा पुगेको नायिकाहरु पनि यस्तो हुन्छर भन्ने लाग्छ । हाम्रो क्षेत्र सुरक्षित भइदिएको भए, हाम्रो कमाई राम्रो भइदिएको भए, त्यस्तो स्थानमा साथीहरु पुग्नुहुदैनथियो । र हामीले त्यस्तो कुरा सुन्नुपर्दैनथियो होला ।
Post a Comment