कार्तिक १६ –साझा पहिचनामा आधारित ६ प्रदेशको प्रस्ताव संवैधानिक राजनीतिक तथा संवाद समितिमा लैजाने काँग्रेस – एमालेको तयारी बिफल भएको छ । संसद नियमावलीमा रहेको संविधानसभा, संविधान अभिलेख तथा अध्ययन समितिको सिफारिसका आधारमा मात्र प्रस्ताव लैजानुपर्ने प्रवाधानका कारण ६ प्रदेशको प्रस्ताव लैजाने उनीहरुको योजना विफल भएको हो । आफूहरुको ६ प्रदेशसम्बन्धी प्रस्तावमा सहमति जुटाउने प्रयासमा एमाओवादी नेतृत्वको २२ दलीइ गठबन्धनसँग सिंहदरबारमा आज भएको छलफलमा गठबन्धन आवद्ध दलले सो प्रावधानबारे जानकारी गराएपछि काँग्रेस–एमाले अलमलमा परेका छन् । निक्र्यौल समितिले राज्य पुनर्संरचना आयोगको १० र राज्य पुनर्संरचना समितिको १४ प्रदेश जस्ताकै तस्तै संवैधानिक समितिमा पठाएको थियो । नियमावलीमा परिवर्तन नगरेसम्म तीबाहेक अन्य प्रस्ताव संवैधानिक समितिले चिन्दैन । आफ्नो तयारी विफल भएपछि काँग्रेस–एमाले आन्तरिक छलफल गरी नयाँ विकल्पको खोजीमा जुटेका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment